ओलाङचुङगोलाका बासिन्दाको पीडा : खरीदभन्दा ढुवानीमा खर्च बढी

जेठ २, ताप्लेजुङ । एक वर्षअघिसम्म चीनसँगको सीमावर्ती यहाँको ओलाङचुङगोलाका बासिन्दाले दैनिक उपभोग्य सामग्री तिब्बतबाट खरीद गर्थे । ओलाङचुङगोलामा उत्पादित गलैंचा, घ्यू, छुर्पीलगायत सामग्रीको बजार पनि तिब्बत नै भएकाले उतैबाट यहाँका बासिन्दाले खाद्यान्नसहितका सामान ल्याउने गरेका हुन् ।             अर्कातर्फ ढुवानीका हिसाबले समेत सहज र सस्तो पर्ने हुँदा तिब्बतको रिउ बजारबाट नै खाद्यवस्तुलगायत घरायसी सामान खरीद हुने गरेको थियो । यसरी तिब्बतका बजारबाट आउने मालसामान टिपताला भञ्ज्याङसम्म मालवाहक र त्यसपछि याक–चौंरीलाई बोकाएर बस्तीसम्म ल्याउने गरिन्थ्यो ।             तिब्बतका व्यापारीले टिपतालासम्म सडक मार्गबाट पठाएको सामान त्यहाँबाट ओलाङचुङगोलासम्म याक, चौंरीलाई बोकाएर ढुवानी गर्दा प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म पर्न जान्थ्यो । यसरी तिब्बतका बजारसँग दोहोरो कारोबार हुँदा भौगोलिक हिसाबले नेपाली बजारभन्दा टाढा रहेका ओलाङचुङवासीलाई सहज थियो । पछिल्लो एक वर्षदेखि कोरोना संक्रमणका कारण पूर्णरुपमा टिपताला नाका बन्द हुँदा यहाँका बासिन्दालाई सास्ती भएको छ । कोरोना संक्रमण फैलिने भन्दै एक वर्षअघिदेखि नै चीनले पूर्णरुपमा उक्त नाका बन्द गरेपछि तिब्बततर्फ आयात निर्यात पूरै ठप्प छ । नाका बन्द गरिंदा संक्रमणको जोखिम न्यूनीकरण भए पनि आयातनिर्यात ठप्प हुँदा त्यहाँका बासिन्दालाई सास्ती भएको हो । यहाँ उत्पादित गलैंचालगायत सामान चीनतर्फ निर्यात नहुँदा अहिले घरैमा थन्किएका छन् । गलैंचा मात्रै नभई घ्यू, छुर्पी, जडीबुटीसमेत निर्यात नभएकाले यस क्षेत्रका बासिन्दाको आम्दानी घटेको छ । विशेषगरी यहाँ उत्पादित गलैंचा र जडीबुटीको मुख्य बजार भनेकै तिब्बत हो । अर्कातर्फ दैनिक उपभोग्य सामान सदरमुकामबाट लैजानु पर्दा खरीद मूल्यभन्दा बढी ढुवानी खर्च लाग्छ । सदरमुकाम फुङलिङमा खरीद गरिएको सामान मालवाहक तथा सवारी साधनमा लेलेपसम्म र त्यहाँदेखि माथि भरिया वा खच्चडलाई बोकाएर ढुवानी गर्नुपर्छ । यसरी ढुवानी गर्दा प्रतिकिलो ६० देखि ८० रुपैयाँसम्म पर्ने गरेको त्यहाँका वडाध्यक्ष छेतेन शेर्पाले बताए ।             खच्चडलाई बोकाए केही सस्तो र मान्छेलाई बोकाए महँगो पर्ने गरेको छ ।  अझ बर्खाको समयमा भने ओहोरदोहोर गर्न कठिन छ । बर्खे झरीले कतै पहिरो चल्ने त कतै खोलाखोल्सा बढेर ओहोरदोहोरमा कठिनाइ हुने गरेको हो । त्यसैले मध्य बर्खाअघि नै चाहिने सामान ढुवानी गरिसक्नुपर्ने स्थानीयवासीले बताएका छन् ।             लेलेपबाट ओलाङचुङगोला पुग्न कम्तीमा एक दिन वा त्योभन्दा बढी समय पनि लाग्नेगर्छ । अर्कातर्फ ओलाङगोलामा उत्पादन भएका सामान नेपाली बजारमा पु¥याउनसमेत ढुवानी खर्च बढी लाग्ने हुँदा कठिन छ । प्रायः यहाँका उत्पादनले तिब्बतको बजार पाउँछन् ।             ओलाङचुङगोलामा ५३ जनाको परिवारको बसोबास छ । उनीहरुको मुख्य आम्दानीको स्रोत भनेकै गलैंचा हो । त्यसपछि जडीबुटी, घ्यू, छुर्पी पर्छन् । चीनतर्फ निर्यात नभएकाले आम्दानी नहुँदा थप समस्या भएको स्थानीयवासीको भनाइ छ । कहिलेकाहीँं वडाबाट हुने कतिपय भौतिक पूर्वाधार निर्माणका कामले सामान्य सहयोग पुग्ने गरेको तर अन्य आम्दानीका गतिविधि पनि संक्रमणकै कारण ठप्प भएको स्थानीयवासीले बताएका छन् ।   रासस

सम्बन्धित सामग्री

एसिडपीडितको पीडा सबैको पीडा : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसिडपीडितको पीडा सबैको साझा पीडा भएको बताउनुभएको छ । आइतबार काठमाडौँमा एसिड आक्रमणबाट पीडित किशोरीको पीडा र जीवन कथालाई समेटेर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’ को शुभमुहूर्त कार्यक्रममा अध्यक्ष ओलीले नेपाललाई एसिड आक्रमणरहित देश बनाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई कडा सजाय दिनुपर्ने …

अभिभावकका पीडा सुनाउँछन् विद्यार्थी

म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित एक कार्यक्रममा बेनी सामुदायिक माविकी एक विद्यार्थीले आफ्ना अभिभावकले वैदेशिक रोजगारीका क्रममा भोगेको पीडा सुनाइन्।...

अभिभावकका पीडा सुनाउँछन् विद्यार्थी

म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित एक कार्यक्रममा बेनी सामुदायिक माविकी एक विद्यार्थीले आफ्ना अभिभावकले वैदेशिक रोजगारीका क्रममा भोगेको पीडा सुनाइन्।...

महिनावारीअघि किन हुन्छ पीडा? के खानुहुन्छ, के खानुहुँदैन?

महिनावारीको समयमा पीडा  धेरैजसो महिलाहरुको समस्या हो यो। प्रायजसोलाई महिनावारीको चक्र सुरु हुने केही दिनअघिबाटै समस्या सुरु हुन्छ। प्रिमेनष्ट्रल सिण्ड्रोम (पिएमएस) भनिने यो अवस्थाका केही लक्षण निम्न छन् :

पैसा सापटीको पीडा गीतमा

काठमाण्डाै – समस्यामा पर्नेहरुलाई पैसा सापटी दिएर उल्टै समस्या भोग्नेहरुको पीडा समेटिएको गीत सार्वजनिक भएकोे छ । गायक बद्री पंगेनीले यस्तै पीडा भोगेका आम मान्छेको समस्यालाई सन्देशमूलक विषय बनाएर नयाँ गीत ल्याउनुभएको हो ।  ‘पैसा सापटी’ बोलको म्युजिक भिडिओको पैसा सापटी लिनुभन्दा अघि र लिएपछिको अवस्थालाई चित्रण गरिएको छ । अनेक बहाना र समस्या देखाएर पैसा सापटी लिने, तर पैसा हात परेपछि दुःख दिनेहरुको चरित्र गीतमा उतारिएको छ । गीतमा पैसा सापटी दिएका कारण सम्बन्ध बिग्रिएको र पैसा सा...

के पुरुषलाई पनि पीडा हुँदा रुन मन लाग्छ !

एजेन्सी, २ मंसिर । आज अन्तर्राष्ट्रिय पुरुष दिवस । पुरुषहरूलाई प्रायः बाल्यकालदेखि नै सिकाइन्छ कि तिमीहरू रुन हुँदैन् । पुरुषहरुले आफ्नो भावना र दुख कसैलाई देखाउन सक्दैनन् । हामी सबैले सधैं सुन्दै आएका छौं कि पुरुषहरूले पीडा महसुस गर्दैनन्, तर के यस तथ्यमा कुनै सत्यता छ। रिपोर्टका अनुसार पुरुषलाई पनि पीडा हुन्छ र पुरुषलाई पनि […]

मोदीले भने, ‘म भित्र ठूलो पीडा छ, यो व्यक्त नगरी बस्न सक्दिनँ’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूभित्र ठूलो पीडा भएको बताएका छन् । स्वतन्त्र दिवसको अवसरमा लाल किल्लाबाट देशको नाममा गरिएको सम्बोधनमा उनले यसो भनेका हुन् ।७५ औँ स्वतन्त्रता दिवसको अवसरमा उनले भने, ‘मेरो मनमा एउटा निकै ठूलो पीडा छ । म यो पीडा व्यक्त नगरी बस्न सक्दिनँ । यो लाल किल्लाबाट भन्ने विषयमा पनि नहुन सक्छ । तर मभित्रको यो पीडा मैले आफ्ना देशवासीलाई नभने अरु कसलाई भनुँला ?’मोदीले भने, ‘कुनै न कुनै कारणले हामीभित्र एउटा यस्तो विकृति आएको छ । हाम्रो बोलीचालीमा, हाम्रो

उजेलीको पीडा

छोराको आशै आशमा सातआठ पटक गर्भपतन गराएको पीडा उनको मनमा छचल्किरहेको थियो। अझ घरमा कोही आउँदा सासू आमाले एउटा नाति पनि दिन नसक्ने अलच्छिनी भन्दै काटेको कुराले उनको मन झन् कुँडिंदै जान्थ्यो।...

द्वन्द्वका घाइतेले उपचार नपाउँदाको पीडा

कञ्चनपुर– सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका कृष्णपुर नगरपालिका–६ बञ्जरियाका जीतबहादुर करियाकङ्ग्रहवाले आर्थिक अभावले शरीरमा रहेको गोली निकाल्न नसक्दा कष्टकर जीवन बिताउँदै आएका छन् । बायाँ खुट्टा, कम्मर र घुँडामा लागेको गोली निकाल्न नसक्दा उहाँले असैह्य पीडा सहेर बस्नुपरेको छ । “गोलीकै कारण खुट्टा आधा मात्रै चल्छ”, उनले भने, “पीडा खपिनसक्नु छ । पीडा सहेर बस्नुबाहेक […]

पीडा

उनले गहिरो पीडाबोध गर्दै भने– मैले तिमीलाई आफ्नो पीडा नपोखेर अरूलाई बताउने प्रश्नै आउँदैन। हेर हाम्रा छोराहरू आफ्ना परिवार सहित शहरतिर छन्। नातिनातिना पनि यहाँ छैनन्। ती सन्तप्रसादका साना छोराछोरीले आफ्ना प्यारा नातिनातिना बिर्साएर घर रमाइलो पारेका थिए। ...