डोल्पा : सदरमुकाम दुनैमा २५ केजीको चामलको मूल्य एक हजार ८०० पर्छ। यही चामल उपल्लो डोल्पामा पुर्याउँदा दुई हजार ५०० पर्छ। एक क्विन्टल ढुवानी गर्दा १० हजार खर्च गर्नुपर्छ। उपल्लो डोल्पामा सामान ढुवानी गर्दा सर्वसाधारण सास्ती खेप्दै आएका छन्। उपल्लो डोल्पामा रहेका तीन पालिकामा भौतिक संरचना निर्माणदेखि विकास निर्माण सबै काम गर्दा सामानको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्दा समस्या हुने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए।छार्काताङसुङ, डोल्पोबुद