लिबियाको संसद भवनमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । राजनीतिक गतिरोध र जिविकोपार्जनको मुद्धालाई लिएर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले संसद भवनमा आक्रमण गरेका हुन् । लिवियाली सञ्चारमाध्यामहरुलाई उदृत गर्दै अलजजिराले जनाएअनुसर पूर्वी शहर तोब्रुकमा रहेको संसद भवनमा शुक्रबार प्रदर्शनकारीहरुले प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् । स्थानीय टेलिभिजनहरुले संसद भवनबाट कालो धुँवा उडिरहेका दृष्यहरु प्रसारण गरेका […]