गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भैरहेको चेपे ए जलविद्युत् आयोजनामा तोडफोड र आगजनी भएको छ ।
७ मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको गोरखाको सिरानचोक गाऊँपालिका २ कुभिण्डेबेसीमा रहेको कार्यालयमा शनिवार दिउँसो तोडफोड गरिनुका साथै त्यहाँका गाडीहरुमा आगजनी गरिएको हो ।
लमजुङको राइनासटार सिँचाइ आयोजनाको मुहान प्रभावित हुने गरी आयोजनाको पावर हाउस बनाउन थालिएको भन्दै त्यस क्षेत्रका बासिन्दाले काम रोक्न आग्रह गर्दै आएका थिए । राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल नेतृत्वमा आएको...