काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको छ। गएराति सम्पन्न एल क्लासिको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।
रियलको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिडका लागि करिम बेन्जामा र टोनी क्रुजले एक एक गोल गरेका थिए। बेन्जामाले खेलको १३औ मिनेटमा गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए हने क्रुजले खेलको २८औ मिनेटमा दोस्रो गोल गरेका थिए।
त्यस्तै बार्सिलोनाका लागि खेलको ६०औं मिनेटमा ओस्कार मिंगुएजाले एक गोल फर्...