स्टार सिटी प्रेसिडेन्ट लिगको शिर्ष स्थानमा

नेपालगंज : कैलालीको स्टार सिटी युवा क्लब एन्फा प्रेसिडेन्ट लिग फुटबलको शिर्ष स्थानमा पुगेको छ। शनिबार नेपालगंज रंगशालामा स्टार सिटी धम्बोझीलाई ३–१ ले पराजित गर्दै शिर्ष स्थानमा पुगेको हो।जितसँगै लगातार तीन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ। स्टारले लगातार तीन खेल खेल्दै ९ अंक जोडन सफल भएको छ। शनिबार स्टारको जितमा टोप बहादुर विष्टले आठ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।स्टारका लागि रुप बहादुर लामाले ४१ औं मिनेट र दिपक राज सिंह ठकुरीले ६६ औं मिनेटम