इल्चेलाई हराउँदै बार्सिलोना उक्लियो शिर्ष स्थानमा

काठमाडौं । स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोना शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इल्चेलाई ३–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा रियल मड्रिडलाई उछिनेको हो । खेलमा बार्सिलोनालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई तथा मेम्फीस डिपेले एक गोल गरे । खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । […]