धनुषा - जनकपुरधाममा हिजोआज शेरे मधेसको चर्चा चल्न थालेको छ । नेकपा एमालेका सचिव रघुवीर महासेठ र उहाँकी श्रीमती जुलीकुमारी महतो धनुषाबाट प्रतिनिधि सभामा जितेपछि एमाले कार्यकर्ताहरुले महासेठलाई ‘शेरे धनुषा’ को उपाधि दिएका छन्।
एमाले कार्यकर्ताहरु शेरे मधेस भनेर प्रशंसा गरिरहेका छन् भने कतिले आलोचना गरिएको पनि देखिएको छ ।
हेमबहादुर मल्लको कीर्तिमान भत्कियो
२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य चुनावमा धनुषाबाट निर्वाचित हेमबहादुर मल्ल र उहाँकी धर्मपत्नी शारदा मल्लले बनाएको कीर्तिमान यस पटक भ...