बलिउडकी चर्चित अभिनेत्री हुन् मौनी रोय । उनको निजी जीवनको विषयलाई लिएर पछिल्लो समय निकै चर्चा हुने गरेको छ ।
केही दिनदेखि उनको विवाहको खबरले बलिउड तातेको छ । उनले सूरज नांबियारसँग छिट्टै विवाह गर्ने तयारी गरेको बताइएको छ ।
बलिउडमा अहिले उनको विवाहबारे नीकै चर्चा छ ।
अभिनेत्री रोयले हालै आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी थिइन्, जसमा सूरजका साथमा उनको पूरै परिवार देखिएका थिए ।
यस्तै, तस्वीरमा मौनीले सूरजका अभिभावकलाई ‘मम–ड्याड’ भनी सम्बोधन गरेकी थिइन् ।
...