नेपाल राष्ट्र बैंकले करिब २ महिना अघिदेखि नेपालमा अवैधरुपमा कारोबार भइरहेको भर्चुअल मनी (क्रिप्टोकरेन्सी) माथि उच्च निगरानी राखिरहेको छ र यो अवैध रहेको भन्दै कारोबार नगर्न र नगराउन सार्वजनिक सूचना नै जारी गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरी प्रहरीले पनि करिब २ महिनाको अवधिमा २ दर्जनभन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिसकेको अवस्थामा फेसबुकमा नेपाली कलाकारको फोटो राखेर एकाएक एउटा विज्ञापन आयो, क्रिप्टोकरेन्सीमा लगानी गरेकोबारे । ती कलाकार थिइन्, नायिका प्रियंका कार्की ।&n