नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा आरोप-प्रत्यारोप गरेर कहीँ नपुगिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै नेपालले एकले अर्कोलाई दोषारोपण गरेर पानीमाथि ओभानो बन्ने प्रयास गर्न नहुने बताए ।‘यो आरोप र प्रत्यारोपले कहीँ पु¥याउँदै । यो संसद आरोप र प्रत्यारोप गर्ने थलो होइन । आरोप प्रत्यारोपको थलोको रुपमा लग्नु हुँदैन । विचार मन्थन गर्ने थलो हो,’ नेपालले भने, ‘देश,जनता र समाजको समस्याका बारेमा गम्भीर विचार समर्थन गर्ने थलो हो । आ आफ्ना कमी