खुलेको पहिलो दिन ५१ वटा उडान, ९० प्रतिशत सिट भरियो

काठमाडौं : कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान खुलेको पहिलो दिन ५१ वटा उडान भएका छन्। ५८ दिनपछि सुरु भएको उडान पहिलो ५१ वटा उडान भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। ५९ वटा उडान गर्ने भनिएकोमा प्रतिकूल मौसमका कारण ८ वटा उडान हुन नसकेको नागरिक प्राधिकरणले जनाएको छ।निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो। निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।सबै स्वास्थ्य मापदण

सम्बन्धित सामग्री

कच्चा खाने तेलमा भन्सार छुट, राज्यकोषको ७ अर्ब लुट

गत २३ भदौमा मन्त्रिपरिषद्ले पटके निर्णय गरेर कच्चा खाने तेलको आयातमा ९० प्रतिशत छुट दिएर राज्यको पैसा सिधै व्यापारीको खल्तीमा हालिदिएको छ ।

आलेले आइशोलेसनबाटै दिए क्यासिनोलाई अनुमति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कोरोना संक्रमित भएर आईशोलेसनमा बसेकै समयमा पनि क्यासिनोलाई सञ्चालनको अनुमति दिएको पाईएको छ । कोरोना संक्रमित भएर होम आइशोलेसनमै बसेकै बेला मन्त्री आलेले क्यासिनो सञ्चालनका लागि पूर्वस्वीकृति दिएको फाइल पर्यटन विभागमा पुगेपछि यो विषय खुलेको हो । माघ ३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइशोलेसनमा बसेका मन्त्री आलेले माघ ५ गते चिनियाँ लगानीको वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट प्रा.लि.लाई पूर्वस्वीकृति दिएका हुन् । काठमाडौँको पाँच तारे होटल अलफ्टमा सञ्चालन हुने गरी आलेले क्यासिनोलाई पूर्वस्वीकृति दिएको पाईएको हो । यसअघिःगुण्डा नाईके ‘बले’लाई मन्त्री आलेले दिए ‘क्यासिनो’को लाइसेन्स, मोटो रकम चलखेलको आशंका‘अलफ्टमा क्यासिनो चलाउन चिनियाँ लगानीको क्सासिनाले मन्त्री स्तरीय निर्णयबाट पूर्वस्वीकृति पाएको फाइल हामीकहाँ आइपुगेको छ’ पर्यटन विभाग स्रोत भन्छ, ‘यो क्यासिनोलाई पूर्वस्वीकृति दिने मन्त्री स्तरीय निर्णय माघ ५ गते भएको छ, मन्त्रीज्यूले आइशोलेसनबाटै निर्णय गर्नु भयो कि, मन्त्रालयमा गएरै गर्नुभयो भन्ने कुरा हामीलाई जानकारी छैन, जानकारी हुने विषय पनि भएन ।’ वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट ९० प्रतिशत चिनियाँ लगानी रहेको कम्पनी हो । बाँकी १० प्रतिशत लगानी नेपालीको छ । यो कम्पनी अशेष मल्लको नाममा रहेको विभागमा पुगेका डकुमेन्टमा देखिएको छ ।

कोरोना महामारीबाट धरानको पर्यटन व्यवसायमा ५५ % असर

असोज १६, धरान । कोरोना संक्रमण शुरु भएसँगै ठप्प रहेको धरानको पर्यटन व्यवसायमा डेढ वर्षयता ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ ।  कोरोना संक्रमण रोकथामका लागि घोषणा गरिएको लकडाउनको समयमा ५५ प्रतिशत पर्यटन व्यवसायलाई प्रभाव पारेको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रवर्द्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययन अनुसार कोभिड अघि १२ लाख १३ हजार २७७ जना पर्यटकहरु धरान आएकोमा कोभिड पछि घटेर ५ लाख ४४ हजार ९ ५६ जनामा सीमित भएको छ ।  यस्तै, आम्दानीमा पनि कोभिड अघि एक वर्षमा १७ करोड ४० लाख रुपैयाँ रहेकोमा कोभिडपछि घटेर ७ करोड ८९ लाख रुपैयाँमा समेटिएको छ । यो ५४ प्रतिशतले फरक हो । खर्च पनि कोभिड अघि ७ करोड १६ लाख २७ हजार रुपैयाँ हुँदै आएकोमा कोभिडपछि ३ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । अध्ययनको निष्कर्ष अनुसार धरानको पर्यटन गतिविधि ५२ प्रतिशतदेखि ५५ प्रतिशतसम्म घटेको पाइएको छ भन् २१ प्रतिशतले रोजगारी गुमाएका छन् । धरानको पर्यटन व्यवसायीमा १ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको अध्ययनबाट देखिएको छ । यातायात क्षेत्रमा भने ४ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको देखिएको छ । धरानका ८० प्रतिशत व्यवसायीहरुले बैंकबाट ऋण लिएका छन् । सरकारी निकायबाट छूटको व्यवस्था दिइएको भएपनि ९० प्रतिशत व्यवसायीले छूट नपाएको पनि अध्ययनबाट देखिएको छ । धरानको पर्यटन बजारमा पहिलो नम्बरमा आन्तरिक, दोस्रो नम्बरमा भारतको बिहार, तेस्रोमा बंगाल र चौथोमा मात्र तेस्रो मुलुक वा विदेशी पर्यटकहरु आउने गरेको तथ्यांक पनि अध्ययनबाट खुलेको छ । विश्व पर्यटन दिवसको अवसरमा मंगलवार संघले आयोजना गरेको कार्यशाला गोष्ठीमा बास्तोलाले अध्ययनको निष्कर्ष तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।  अध्ययनले धरानलाई पर्यटकीय नगरीको रुपमा तोक्नुपर्ने सुझाव दिएको छ । धरानमा २४ घण्टा पर्यटकीय सेवा (नाइट मार्केट) सञ्चालन गर्न पनि अध्ययनको सुझावमा उल्लेख छ । यसैगरी, पर्यटन प्रोडक्ट निक्यौल गर्न, पर्यटकहरुलाई अलमलाउने पुर्वाधारहरु बढी मात्रामा विकास गर्न, पर्यटन बजारमा विविधता ल्याउन पनि सुझाव दिएको छ । यसैगरी, धार्मिकस्थलको महत्व सबैसम्म पुर्‍याउन भुमिका खेल्न, पर्यटकहरुलाई सुरक्षाको अनुभूति गराउन पहल गर्न, नीति तथा कार्यक्रम बनाउँदा निजी क्षेत्रको भावना समेट्न पनि सुझाव दिएको छ । साथै, धरानमा साहसिक पर्यटनको सम्भावना भएकोले यसको सम्बोधन गर्न पनि जरुरी रहेको अध्ययनले औल्याएको छ ।

युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक रू. १७ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री

साउन १३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २०९ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. १७ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । उक्त कम्पनीको शेयरमूल्य रू. ५०३ दशमलव १० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९० प्रतिशत वृद्धि भएको हो । विक्रेताभन्दा क्रेता धेरै भएकाले कम्पनीको शेयरमूल्य बढेको हो ।

हालसम्मकै उच्च विन्दुमा नेप्से परिसूचक, १० अर्ब ४० करोडभन्दा बढीको कारोबार

जेठ २, काठमाडौं । जेठ महीनाको पहिलो कारोबार दिन आइतवार नेपालको शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ७३८ दशमलव ३५ विन्दुमा पुगेको हो । यस अघि वैशाख २ गते नेप्सेले २ हजार ७३५ दशमलव ४६ विन्दु कायम गरेको थियो ।  त्यसपछिको उच्च विन्दु भने आइतवार कायम भएको हो । यसदिन नेप्से परिसूचक २ दशमलव शून्य २ प्रतिशत अर्थात् ५४ दशमलव २६ अंक बढेको हो । यसदिन २ हजार ६९३ दशमलव ९१ विन्दुदेखि खुलेको बजार निरन्तर बढेर बन्द भएको छ । नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन रू. १० अर्ब ४० करोड ३८ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । २१४ ओटा कम्पनीको १ लाख १३ हजार ६९ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर कारोबार भएको हो । नेप्सेमा तीन महिनापछि रू. १० अर्ब बराबरको शेयर कारोबार भएको हो । यसअघि गत फागुन ४ गते नेप्सेमा रू. १० अर्ब ३ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्सेमा हालसम्मकै उच्च कारोबार रकम रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार रहेको छ । हालसम्मकै उच्च रकमको कारोबार भने गत माघ २६ गते भएको थियो । कुल कारोबार रकममा यो दिन सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । उक्त कम्पनीको रू. ८५ करोड २० लाख ३ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि एकै दिन प्रतिकित्ता रू. ६२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ६४३ पुगेको छ । यो दिन नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य न्यूनतम रू. १ हजार ५९५ देखि रू. १ हजार ६६० सम्म पुगेको थियो । आइतवार दोहोरो उच्च अंकले बढेको बजारमा आठ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यो दिन रू रू जलविद्युत् परियोजनाको शेयरमूल्य १० प्रतिशतले र अन्य सात ओटा कम्पनीको ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।  रू रू जलविद्युत् परियोजनाको प्रतिकित्ता रू. ८० ले बढेर यो दिन अन्तिम मूल्य रू. ८८० कायम भएको छ । त्यस्तै शिखर इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९ दशमलव ९५ प्रतिशत , सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ९० प्रतिशत, प्रोग्रसिभ फाइनान्सको ९ दशमलव ९० प्रतिशत शेयरमूल्य बढेको छ । त्यसैगरी बरुण हाइड्रोको ९ दशमलव ८३ प्रतिशत , आइएमई जनरल इन्स्योरेन्सको ९ दशमलव ७६ प्रतिशत र विशाल बजार कम्पनीको ९ दशमलव ३७ प्रतिशत शेयरमूल्य बढेको छ । यो दिन शिखर इन्स्योरेन्सको प्रतिकित्ता रू. १९३ ले बढेर अन्तिम मूल्य रू. २ हजार १२८, समता घरेलु लघुवित्तको प्रतिकित्ता रू. ११६ ले बढेर अन्तिम मूल्य रू. १ हजार २८२, सप्तकोशी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२२, प्रोग्रेसिभ फाइनान्सको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२२, बरुण हाइड्रोको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३२४ , आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. ११२ ले बढेर अन्तिम मूल्य रू. १ हजार २६० र विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ५५५ ले बढेर अन्तिम मूल्य रू. ६ हजार ४७९ कायम भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । सर्वाधिक निर्जिवन बीमा समूहको ४ दशमलव २८ प्रतिशतले परिसूचक बढेको हो । त्यस्तै, बैंकिङ्गको १ दशमलव ५४ प्रतिशत, व्यापारिकको १ दशमलव ३ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ११ प्रतिशत, विकास बैंकको ३ दशमलव ८७ प्रतिशत, जलविद्युतको १ दशमलव १५ प्रतिशत, वित्तको १ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ६ प्रतिशत, अन्यको २ दशमलव १४ प्रतिशत, लघुवित्तको १ दशमलव ८९ प्रतिशत, जीवन बीमाको ३ दशमलव शून्य ४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २८ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य २ प्रतिशत परिसूचक बढेको छ ।

६ अर्बभन्दा बढीको शेयर कारोबार, परिसूचकमा सामान्य अंकको वृद्धि

वैशाख २१, काठमाडौं । नेप्से परिसूचक मंगलवार २ हजार ६५४ दशमलव ६९ विन्दुमा पुगेको छ ।  यो दिन नेप्से परिसूचक १ दशमलव ९४ अंक अर्थात् शून्य दशमलव शून्य ७ प्रतिशत बढेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ३२ अंक बढेर ४७५ दशमलव ४४ विन्दुमा पुगेको छ ।  अघिल्लो कारोबार दिन सोमवार १२ दशमलव ३५ अंकले घटेर २ हजार ६५२ दशमलव ७५ विन्दुमा बन्द भएको बजार मंगलवार २ हजार ६५२ दशमलव २७ विन्दुदेखि खुलेको हो ।  यो दिन बजार २ हजार ६६३ विन्दुसम्म पुगेको थियो भने २ हजार ६४० विन्दुसम्म झरेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने कम भएको छ ।  सोमवार रू. ७  अर्ब ५२ करोड ९२ लाख ९० हजार बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर कारोबार भएकोमा मंगलवार रू. ६ अर्ब ५ करोड २२ लाख ३६ हजार बराबरको १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१३ ओटा कम्पनीको ६८ हजार ३१९ पटकको व्यापारमा भएको हो ।  यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा एनसीसी बैंकले ओगटेको छ । एनसीसी बैंकको मंगलवार रू. २३ करोड ९ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य यसदिन प्रतिकित्ता रू. ५ ले बढेर अन्तिम मूल्य रू. ३६८ पुगेको छ । मंगलवार लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २ दशमलव ४३ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक बढेको छ ।  यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।  त्यस्तै बैंकिङ समूहको शून्य दशमलव ४३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४ प्रतिशत, वित्तको शून्य दशमलव २५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २८ प्रतिशत, अन्यको शून्य दशमलव ९५ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ३७ प्रतिशत परिसूचक घटेको छ । यो दिन समता घरेलु लघुवित्त र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य आठ ओटा कम्पनीको शेयरमूल्य पनि उच्च दरमै बढेको छ ।  मर्जर पछिको पहिलो कारोबार दिन घरेलु लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ५५ ले बढेर अन्तिम मूल्य रू. ६०५ पुगेको हो । त्यस्तै लगातार उच्च दरमा बढ्दै आएको महिला लघुवित्तको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ३७८ ले बढेर अन्तिम मूल्य रू. ४ हजार १५८ पुगेको छ ।  यसदिन विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ६१६ ले बढेर अन्तिम मूल्य रू. ६ हजार ७८४, सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. २३३ ले बढेर अन्तिम मूल्य रू. २ हजार ५६८ र राधी विद्युत् कम्पनीको ९ दशमलव ९० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५२ ले बढेर अन्तिम मूल्य रू. ५७७ पुगेको छ ।  त्यस्तै कारोबारको दोस्रो दिन रूरू जलविद्युत् परियोजनाको शेयरमूल्य पनि ९ दशमलव ९० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३८ ले बढेर अन्तिम मूल्य रू. ४२२ पुगेको छ भने सिंगटी हाइड्रोको ९ दशमलव ९२ अर्थात् प्रतिकित्ता रू. ४३ ले बढेर रू. ४८१ पुगेको छ ।  यसदिन युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य पनि ९ दशमलव ७३ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. २२ ले बढेर युनाइटेड हाइड्रोपावरको शेयरमूल्य रू. २४८ पुगेको हो । ९ दशमलव ६८ प्रतिशत बढेको पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य यो दिन रू. २०४ पुगेको छ भने युनिभर्सल पावरको शेयरमूल्य पनि यो दिन ८ दशमलव ९९ प्रतिशत बढेर अन्तिम मूल्य रू. १९४ पुगेको छ । पञ्चकन्यामाई हाइड्रोको प्रतिकित्ता रू. १८ र युनिभर्सल पावरको प्रतिकित्ता रू. १६ ले यो दिन शेयरमूल्य बढेको हो ।