वैशाख २१, काठमाडौं । नेप्से परिसूचक मंगलवार २ हजार ६५४ दशमलव ६९ विन्दुमा पुगेको छ ।
यो दिन नेप्से परिसूचक १ दशमलव ९४ अंक अर्थात् शून्य दशमलव शून्य ७ प्रतिशत बढेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ३२ अंक बढेर ४७५ दशमलव ४४ विन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन सोमवार १२ दशमलव ३५ अंकले घटेर २ हजार ६५२ दशमलव ७५ विन्दुमा बन्द भएको बजार मंगलवार २ हजार ६५२ दशमलव २७ विन्दुदेखि खुलेको हो ।
यो दिन बजार २ हजार ६६३ विन्दुसम्म पुगेको थियो भने २ हजार ६४० विन्दुसम्म झरेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने कम भएको छ ।
सोमवार रू. ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर कारोबार भएकोमा मंगलवार रू. ६ अर्ब ५ करोड २२ लाख ३६ हजार बराबरको १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१३ ओटा कम्पनीको ६८ हजार ३१९ पटकको व्यापारमा भएको हो ।
यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा एनसीसी बैंकले ओगटेको छ ।
एनसीसी बैंकको मंगलवार रू. २३ करोड ९ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य यसदिन प्रतिकित्ता रू. ५ ले बढेर अन्तिम मूल्य रू. ३६८ पुगेको छ ।
मंगलवार लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २ दशमलव ४३ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक बढेको छ ।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।
त्यस्तै बैंकिङ समूहको शून्य दशमलव ४३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४ प्रतिशत, वित्तको शून्य दशमलव २५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २८ प्रतिशत, अन्यको शून्य दशमलव ९५ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ३७ प्रतिशत परिसूचक घटेको छ ।
यो दिन समता घरेलु लघुवित्त र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य आठ ओटा कम्पनीको शेयरमूल्य पनि उच्च दरमै बढेको छ ।
मर्जर पछिको पहिलो कारोबार दिन घरेलु लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ५५ ले बढेर अन्तिम मूल्य रू. ६०५ पुगेको हो ।
त्यस्तै लगातार उच्च दरमा बढ्दै आएको महिला लघुवित्तको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ३७८ ले बढेर अन्तिम मूल्य रू. ४ हजार १५८ पुगेको छ ।
यसदिन विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ६१६ ले बढेर अन्तिम मूल्य रू. ६ हजार ७८४, सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ९८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. २३३ ले बढेर अन्तिम मूल्य रू. २ हजार ५६८ र राधी विद्युत् कम्पनीको ९ दशमलव ९० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५२ ले बढेर अन्तिम मूल्य रू. ५७७ पुगेको छ ।
त्यस्तै कारोबारको दोस्रो दिन रूरू जलविद्युत् परियोजनाको शेयरमूल्य पनि ९ दशमलव ९० प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३८ ले बढेर अन्तिम मूल्य रू. ४२२ पुगेको छ भने सिंगटी हाइड्रोको ९ दशमलव ९२ अर्थात् प्रतिकित्ता रू. ४३ ले बढेर रू. ४८१ पुगेको छ ।
यसदिन युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य पनि ९ दशमलव ७३ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. २२ ले बढेर युनाइटेड हाइड्रोपावरको शेयरमूल्य रू. २४८ पुगेको हो ।
९ दशमलव ६८ प्रतिशत बढेको पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य यो दिन रू. २०४ पुगेको छ भने युनिभर्सल पावरको शेयरमूल्य पनि यो दिन ८ दशमलव ९९ प्रतिशत बढेर अन्तिम मूल्य रू. १९४ पुगेको छ । पञ्चकन्यामाई हाइड्रोको प्रतिकित्ता रू. १८ र युनिभर्सल पावरको प्रतिकित्ता रू. १६ ले यो दिन शेयरमूल्य बढेको हो ।