सातामा ३ दिनमात्र खुलेको बजारमा ५ अर्बभन्दा बढीको कारोबार, कुल बजार पूँजीकरण भने करीब ७३ अर्ब घट्यो

वैशाख ३, काठमाडौं । विसं २०७८ सालको अन्तिम साता तीन कारोबार दिनमात्र नेप्से खुला भएको छ । गत साता पाँच कारोबार दिन खुला भएको नेप्से यो साता दुई दिन सार्वजनिक विदाका कारण बन्द भएको हो ।यो साता तीन कारोबार दिनमा नेप्से परिसूचक दुई दिन घटेको छ भने एक दिन बढेको छ । साताको पहिलो दिन रामनवमीका कारण बन्द भएको बजार दोस्रो दिन ४४ दशमलव ५६ अंकले र तेस्रो दिन ३४ दशमलव ७९ अंकले घटेको थियो ।  साताको अन्तिम कारोबार दिन भने बजार ३० दशमलव २४ अंकले बढेर बन्द भएको छ । यो साता नेप्से परिसूचक गत साताको  तुलनामा ४९ दशमलव ११ अंकले घटेको हो ।  गत साता २ हजार ४१९ दशमलव ८० विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ४१५ दशमलव २४ विन्दुमा झरेको हो । यो साता सेन्सेटिभ इन्डेक्स भने ७ दशमलव ६६ अंकले घटेको छ । गत साता ४६३ दशमलव ७५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५६ दशमलव शून्य ९ विन्दुमा झरेको हो ।  तीन कारोबार दिनमा यो साता रू. ५ अर्ब २६ करोड १४ लाख ६९ हजार बराबरको १ करोड २२ लाख ७७ हजार ५०१ कित्ता धितोपत्र कारोबार भएको छ ।  गत साता पाँच कारोबार दिनमा रू. ९ अर्ब ८३ करोड ४१ लख ५३ हजार बराबरको २ करोड २३ लाख ४९ हजार ५११ कित्ता धितोपत्र कारोबार भएको थियो । यो साता गत साताभन्दा दुई दिन कम कारोबार भएकाले पनि कारोबार रकम र कित्तामा कमि आएको छ । औषतमा भने यो साता रू. २१ करोड ३० लाखभन्दा बढीको ३ लाख ७७ हजार ४०१ कित्ता कम कारोबार भएको देखिन्छ । यो साता कुल बजार पूँजीकरण रू. ७२ अर्ब ६५ करोड ३४ लाखले घटेको छ । गत साता रू. ३४ खर्ब ९८ अर्ब ७६ करोड २३ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३४ खर्ब २६ अर्ब ६१ करोड ८८ लाख कायम भएको छ । २०७८ सालमा धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरुले उत्साह र निराशा दुबैको सामना गर्नुपरेको छ ।  साताको बजारका सूचकहरुको अवस्था : यसै वर्ष बजारले ऐतिहासिक रेडर्क कायम गरेको थियो भने वर्षको अन्तिम केहि महिना बजार घटीरहेकाले लगानीकर्ता निरास बनेका छन् । तरलताको संकटबाट प्रभावित बनिरहेको बजारले आगामी दिनमा सकारात्मक गति लिने आशा लगानीकर्ताहरुको छ ।  सरकारले बैदेशिक सहायता स्वरुप करिब रू. १ खर्ब अनुदान स्वीकार गर्ने निर्णय गरेसँगै बजारमा तरलता सहज हुने विश्वास लगानीकर्ता तिलक कोइरालाको छ । यो अनुदान सहायता प्राप्तपछि देशको आर्थिक संकट टर्ने विश्वास पनि उनले लिएका छन् । यो साता अन्य समूहको उपसूचक सर्वाधिक घट्यो  २०७८ सालको अन्तिम साताको कारोबारमा सबै उपसूचकहरु घटेका छन् । यो साता अन्य समूहको उपसूचक सर्वाधि ४ दशमलव ९४ प्रतिशत घटेको हो । यो साता व्यापारिक र जीवन बीमा समूहको उपसूचक पनि ४ प्रतिशतभन्दा बढीले घटेको छ ।  व्यापारिक समूहको ४ दशमलव शून्य ७ प्रतिशत र जीवन बीमा समूहको ४ दशमलव शून्य २ प्रतिशत उपसूचक घटेको छ ।  त्यस्तै यो साता वित्त समूहको ३ दशमलव ९० प्रतिशत, लगानी समूहको ३ दशमलव ६२ प्रतिशत, जलविद्युत समूहको ३ दशमलव १० प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ८३ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमा समूहको २ दशमलव २८ प्रतिशत, विकास बैंकको १ दशमलव ७२ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ५५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ६२ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ४७ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य ३ प्रतिशत उपसूचक घटेको छ ।  यो साता लघुवित्त समूहका लगानीकर्ताहरुले सबैभन्दा कम गुमाएका छन् । साताव्यापी समूहगत परिसूचकमा भएको थपघट : स्रोत :  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सम्बन्धित सामग्री

प्रिओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घट्यो । योसँगै सूचक २०३४.४७ विन्दुमा  झर्‍याे । आज ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर किनबेच हुँदा १ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भए । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घट्यो । बाँकी […]

प्रिओपन सेसनमा घट्यो नेप्से

काठमाडौँ– चालु साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो । सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। सेसनमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढ्यो भने ४ वटा स्टकको मूल्य घट्यो। […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, १८० करोडको कारोबार

२३ असार, काठमाडौं । बुधबार तीव्र उतार चढावका बीच बढेको सेयर बजार नेप्से परिसूचक बिहीबार भने घट्यो । बिहीबार १६.६ अंकले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकियो । बुधबार बजार १३.३३ अंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो । बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर  ३१ हजार २७६ पटक […]

सातामा ५ प्रतिशतले घट्यो नेप्से सूूचक

कारोबार रकम आधाले घट्यो  गत साता तीन दिन मात्र खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशतले घटेको छ । सातामा एक सय १७ दशमलव ५४ अंकले घटेर दुुई हजार दुुई सय ३८ दशमलव...

१०० अङ्कले घट्यो नेप्से

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १००.१० अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि परिसूचक २८२० अङ्कमा कायम भएको छ । ६ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८५ को घट्यो । कारोबार रकम भने बढेको छ । ८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो (आइतबार) ७ अर्ब ३ करोडको कारोबार […]

तरलता अभावले ५० प्रतिशत घट्यो निर्माण सामग्रीको बिक्री

सिजनमै माग घटेपछि सिमेन्टको मूल्य बोरामा ५० र डन्डीको प्रतिकिलो ५ रुपैयाँले घट्यो बैंकहरूमा चुलिएको तरलता अभाव र सरकारले विकास खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको छ । आवासीय...

सार्वजनिक ऋण २५ अर्ब घट्यो

ऋण प्राप्तिभन्दा भुक्तानी बढी हुनु र विनिमयदरमा आएका परिवर्तनले सार्वजनिक ऋणको आकार घट्यो, सरकारले तिर्न बाँकी ऋण १७ खर्ब १२ अर्बमा झर्‍यो, चार महिनामा पौने २५ अर्ब वैदेशिक ऋण थपिँदा...

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्य घट्यो । सुनको मुल्यमा आज ६ सयले कमी आई छापावाल सुन तोलामा ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ८९ हजार ६ सयमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज […]

एक कदम बढेको सेयर बजार घट्यो दुई कदम, २७९५ मा पाउला त टेवा?

यो साता एक कदम बढेको सेयर बजार दुई कदम घटेको छ। अर्थात समग्रमा ४१ अंकले घट्यो भने जम्मा २३ अंकले बढ्यो। ४ दिन घट्दा १ दिन मात्रै बजार बढ्यो।

सातामा ६२ अंकले घट्यो नेप्से

काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.४६ अंकले घटेको छ। नेप्सेका अनुसार आइतबार २९ सय ५ अंकबाट कारोबार सुरु भएको परिसूचक बिहीबार २८ सय ४३ अंकमा आएर बन्द भएको हो। आइतबारदेखि बिहीबारसम्मको अवधिमा ४ दिन बजार घट्यो। मंगलबार भने एकै दिन नेप्सेमा ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो। यसबाहेक अन्य कुनै पनि दिन नेप्से सूचक बढ्न सकेन।