निषेधाज्ञापछि आन्तरिक उडानको पहिलो दिन : ९० प्रतिशत अकुपेन्सी, ५१ उडान सफल ८ उडान रद्द

काठमाडौं । निषेधाज्ञापछि बिहीबारदेखि खुलेको आन्तरिक उडानतर्फ पहिलो दिन ९० प्रतिशत अकुपेन्सीमा विमानहरू उडेका छन् । मौसमका कारण नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान संख्याभन्दा कम उडान भएको छ । पहिलाे दिन आज आठवटा उडान रद्द भएका छन् । बिहीबार एकतर्फी ५१ उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए...