युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक रू. १७ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री

साउन १३, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको एक घण्टाको अवधिमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २०९ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. १७ करोड ६४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । उक्त कम्पनीको शेयरमूल्य रू. ५०३ दशमलव १० मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ९० प्रतिशत वृद्धि भएको हो । विक्रेताभन्दा क्रेता धेरै भएकाले कम्पनीको शेयरमूल्य बढेको हो ।  

सम्बन्धित सामग्री

युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर दिने

२ माघ, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले ७.३६८ प्रतिशत लाभांश दिने भएको छ । २९ पुस शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ […]

तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन तीन सातादेखि ठप्प

गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो। युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ।

पहिरोले प्रसारण लाइन टावर ढाल्दा ६८.२ मेगावाट उत्पादन बन्द

अविरल वर्षका कारण पर्वतमा प्रसारणलाइन टावर ढल्दा ६८.२ मेगावाट बराबरको विद्युत् केन्द्रको उत्पादन बन्द भएको छ ।पर्वतको जिल्ला सदरमुकाम कुश्मानजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान ढाल्दा यस्तो अवस्था आएको छ । मोदी–१ जलविद्युत् आयोजनाको […]

पहिरोले प्रसारण लाइन टावर ढल्दा गण्डकीका चार जिल्लामा विद्युत् आपूर्ति बन्द

अविरल वर्षका कारण पर्वतमा प्रसारण लाइन टावर ढलेको छ । पर्वतको सदरमुकाम कुस्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत् गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान करिब २ बजे ढालेको हो ।मोदी–१ जलविद्युत आयोजनाको विद्युत् मोदी सब स्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावरलाई पहिरोले ढालेको छ । यसबाट निजी क्षेत

नेप्सेमा आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, १६ भदौ । शेयर बजारमा समान्य अंकले बढ्दा आज ९ अर्बमा कारोबार रकम खुम्चिएको छ । नेप्सेको अनुसार सबैभन्दा धेरै आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ ।  कम्पनीको ५९ करोड ९९ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३० करोड १४ लाख, अपी पावरको २३ करोड […]

शेयर बजारमा आज यी कम्पनीको कारोबार उच्च

काठमाडौं, १७ साउन । नेप्से आज झिनो अंकले बढ्दा १२ अर्ब १० लाख बढीको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ३८४ रुपैयाँ कामय भई ३६ करोड बढीको कारोबार भएको छ । यसैगरी, आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३४ करोड ८८ लाख […]

युनाइटेड मोदी हाइड्रोपावरका सञ्चालकले दिएको राजिनामा स्वीकृत

साउन १३, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सञ्चालक सुकुन्त लाल हिराचनले दिएको राजिनामा स्वीकृत गरेको छ ।  बुधवार बसेको सञ्चालक समितिको बैठकले विविध कार्य व्यस्तता तथा घरायसी कारणले हिराचनले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

युनाइटेड मोदी हाइड्रोपावर : कम्पनी विश्लेषण (बिहीवार, २० जेठ २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ४ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३४९ पुगेको हो । कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ४ करोड ४ लाख २ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ५ करोड २७ लाख ६५ हजार पुगेको हो  । त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म विद्युत् विक्रीबाट रु. २२ करोड ६३ लाख ५१ हजार आम्दानी गरेको हो । यो आम्दानी गत आवको तुलनामा चालू आवको सोही अवधिमाा ३ प्रतिशतले कमी आएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. २३ करोड ५२ लाख २१ हजार विद्युत् विक्रीबापत आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब १५ करोड रहेको छ भने जगेडा कोषमा रु. ६ करोड ५७ लाख ८७ हजार सञ्चित गरेको छ  । निष्कर्ष कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्यमा रिभर्सलको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७३ दशमलव ५८ बिन्दुमा छ । यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८ दशमलव ७४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधवारको शेयर मूल्य रु. ३४९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २८४ मा टेवा पाउने देखिन्छ ।