भारतले वेस्ट इन्डिजसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खलामा 'क्लिन स्वीप' गरेको छ ।
अहमदाबादमा हिजो भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेस्ट इन्डिजलाई ९६ रनले हराउँदै घरेलु टोली भारतले श्रृङ्खला ३–० ले जितेको हो । भारतले एक दिवसीय क्रिकेटमा वेस्ट इन्डिजसँग श्रृङ्खला क्लिन स्वीप गरेको यो पहिलो पटक हो ।
भारतले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ६९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका ओडिन स्मिथले सर्वाधिक ३६ रन जोडे । त्यस्तै कप्तान निकोलस पुरणले...