काठमाण्डाै - पाकिस्तानसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला एक खेल अगाडि नै इङ्ग्ल्यान्डले जितेको छ । लड्र्समा भएको दोस्रो एक दिवसीयमा पाकिस्तानलाई ५२ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला जितेको हो।इङ्ग्ल्यान्डले २–० को अग्रता बनाएको छ ।
इङ्ग्ल्यान्डले दिएको २ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान ४१ ओभरमा अलआउट हुँदै १ सय ९५ रनमा समेटियो । पाकिस्तानका लागि साउद शकिलले ५६ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् । इङ्ग्ल्यान्डका लेविस ग्रेगोरीले ३ विकेट लिए । त्यस्तै क्रेग ओभर्टन, सकिब मोहमुद र माट...