काठमाण्डाै – घरेलु टोली श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतले एक खेल अगाडि नै जितेको छ ।
दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई तीन विकेटले हराउँदै भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ । कोलम्बोमा गए राति भएको खेलमा श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो । भारतका दीपक चाहर र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । चाहरले अविजित ६९ रन बनाए । त्यस्तै यादवले ५३ रनको योगदान दिए ।
श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यस अघि आर प्रेमाडासा ...