नेकोसले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने

नेपाल खेलकुद महासङ्घ (नेकोस)ले दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। नेकोसका अध्यक्ष विप्लव घोसले आइतबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको वार्षिक क्यालेन्डरमा दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्।‘अहिले सजिलै राष्ट्रिय टोलीमा खेलाडी आउने वातावरण निर्माण भएको छैन। त्यस्तै ग्रासरुट उत्पादन पनि कम छ। त्यसैलाई परिपूर्ति गर्नको लागि हामीले दुई दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ,’ उनले भने। वार्