संविधानले गरेको वाध्यात्मक व्यवस्थालाई आत्मासात् गर्दै मुलुकका प्रमुख राजनीतिक दल यतिबेला महाधिवेशनमा जुटेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेको दसौँ महाधिवेशन भर्खर सम्पन्न भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसको १४औँ महाधिवेशन आउन अब थोरै दिन मात्र बाँकी छ । माओवादीको गतिविधि तथा शाही शासनको चार वर्षलाई अपवाद मान्ने हो भने विगत तीन दशकदेखि नेपालको राजनीति काँग्रेस र एमालेकै वरि