प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गर्न तोकियो समय, अब बढीमा १५ मिनेट

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गर्ने कानून व्यवसायीका लागि समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बढीमा १५ मिनेट मात्र बहस गर्न पाउने गरी समय तोकिएको बुधवार जानकारी गराएका छन् । प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा केही वरिष्ठ अधिवक्ताले घण्टौं बहस गरेका थिए ।  बुधवार दशौं दिनको सुनुवाइ सकिँदै गर्दा प्रधानन्यायाधीश जबराले बहस छोट्ट्याउन अधिवक्ताहरूलाई आग्रह गरेका हुन् ।  बुधवार नै न्यायाधीश सपना प्रधान मल्लले यो मुद्दा कति लम्ब्याउने भन्दै रिट निवेद...

सम्बन्धित सामग्री

इलाम–२ उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत तोकियो

२०८१ वैशाख १५ गते सम्पन्न हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। प्रतिनिधि सभा सदस्य चयन गर्नका लागि हुने निर्वाचन सफल बनाउन निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।

अस्थायी मतदाताले मतदान गर्न केन्द्र तोकियो (मतदान केन्द्रसहित)

काठमाडौं, २५ कात्तिक । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने अस्थायी मतदाताहरूका लागि अस्थायी मतदान केन्द्र तोकिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने मतदान प्रक्रियाका लागि अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी […]

संसद विघटन मुद्दामा सकियो सुनुवाई, असार २८ गतेका लागि तोकियो अर्को पेशी

काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाई सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका कानुन व्यवसायी र एमिकस क्यूरी (अदालतका सहयोगी) समेतको तर्फबाट सुनुवाई सकाएको हो । सोमबार रिट निवेदक शेरबहादुर देउवासहित १४६ जना सांसदका तर्फबाट जवाफी बहस र […]

संसद् विघटनविरुद्धको रिटमा पेसी तोकियो

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको १९ रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ । सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा ११ वटा संवैधानिक इजलासका लागि र १९ साधारण इजलासमा रिट परेको छ ।११ रिटको शुक्रबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । भोलि बिहीबार १९ रिटको एकल इजलासमा सुनुवाइ हुनेछ । सर्वोच्च एकल इजलासले व्याख्या गर्न आवश्यक देखेमा संवैधानिक इजलासमा पठाउन सक्नेछ । सर्वोच्चमा परेका रिटमध्ये संसद् पुनस्र्थापना गरी शेरबहादुर देउव

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको पेशी तोकियो, बिहिबार र शुक्रबार सुनुवाई

काठमाडौं, ११ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध १४६ सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहिबार र शुक्रबार सुनुवाई हुने भएको छ । बिहिबार संवैधानिक इजलाशमा सुनुवाईको माग नगरेका निवेदकहरुको रिटमाथि सुनुवाई हुने तय भएको छ । शुक्रबार संवैधानिक इजलाशमा सुनुवाईको माग गरेकाहरुको रिटमाथि सुनुवाई हुने भएको छ । संवैधानिक इजलाशमा सिधै सुनुवाई माग गरिएकाले सोही […]

सर्वोच्चमा बहसको समय तोकियो

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् । यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै बहसलाई छरितो बनाउन न्यायाधीशहरुले सुझाव दिएका थिए । त...

उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकियो

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। आयोगले आउँदो वैशाख १० गते तीनवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चितवन–२ र बारा–२ मा उम्मेदवारले २९ लाख रुपियाँ तथा तनहुँ–१ मा ३१ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो।