एकीकृत समाजवादीको जनसंगठनले शुक्रबार एमसीसीबारे खुला बहस गर्दै

माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको जनसंगठनले शुक्रबार एमसीसीबारे खुला बहस कार्यक्रमको आयोजना गर्न लागेको छ।  एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार एमसीसीबारे बहस गर्न लागिएको बताए । कार्यक्रममा सबैको लागि खुला आमन्त्रण गरिएको उनले बताए । प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रमलाई विज्ञ र विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गर्ने तय भएको छ  । एकीकृत समाजवादीले एमसीसी पास गर्न नसघाउने निर्णय गरेको छ । तर, सो पार्टीभित्र एमसीसीको बारेमा फरक फरक धारण

सम्बन्धित सामग्री

नेपाल र खनाल एकै गोलार्द्धका दुई ध्रुव

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) को जेठका लागि तोकिएको महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच पार्टीका नीति, सिद्धान्त र विचारमा बहस हुन थालेको छ।...

पार्टीभित्र वैचारिक बहस आवश्यक : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (समाजवादी) को छैटौँ केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका आदर्शलाई उचाइमा पुर्याउन अबका दिनमा विभिन्न विचारको बहस हुन जरूरी रहेको बताउनुभयो । पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा …

पार्टीभित्र वैचारिक बहस आवश्यक : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (समाजवादी) को छैटौँ केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका आदर्शलाई उचाइमा पु-याउन अबका दिनमा विभिन्न विचारको बहस हुन जरूरी रहेको बताए । पार्टी कमिटीभित्र […]

अलमलमा एकीकृत समाजवादी !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि राजनीतिक वृत्तमा अब एकीकृत समाजवादी के गर्छ भन्ने बहस सुरु भएको छ ।  तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन भएको भन्दै सडक तथा सदनमा प्रचण्डसँगै देखापर्ने गरेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अबको यात्रा के हुने भन्ने चासो छ ।  तत्कालीन सत्ता गठबन्धनबाट २० सिट प्राप्त गरी प्रतिनिधि सभाको प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्...

कम्युनिष्ट आन्दोलनकाे बहस गर्ने उचित फोरम बन्न सकेन : नेता खनाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै विषयहरू रहेको बताएका छन् । बुधबार ललितपुरमा वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले जहाँ उभियो त्यही नै बहस गरेर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने समेत बताए । उनले कम्युनिष्ट आन्दोलन बहस गर्ने उचित फोरम अहिलेसम्म बन्न नसकेको […]

पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनु पर्दैन- माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्।  पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा विवाद हुन्छ भनेर कतिपय तर्किने गरेको सुन्नमा आएको समेत बताएका हुन्। उनले भने, ‘अहिले हामी पार्टीको चौथो बैठक बसिरहेका छौँ। पार्टी विधानलाई ध्यानमा राखेर अगाडि बढेका छौँ। बैठकमा […]

जनवर्गीय संगठनलाई सडक विरोधमा अंकुश लगाएका छैनौंः एकीकृत समाजवादी नेता

काठमाडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद सोमप्रसाद पाण्डेले आफ्नो पार्टी एमसीसीबाट नभाग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “हामीले फागुन ७ मा यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय गराएका छौं । त्योे निर्णय आजसम्म परिवर्तन भएको […]

वैशाखमा निर्वाचन : काँग्रेस–एमाले सहमत, माओवादी र एकीकृत समाजवादी के गर्लान् ?

‘स्थानीय तह निर्वाचन ऐन २०७४’ अनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेसँगै स्थानीय निर्वाचनबारे पक्ष र विपक्षमा बहस सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आयोगको प्रस्तावप्रति समर्थन जनाउँदै वैशाखमै निर्वाचन गर्नु संविधानसम्मत हुने बताएको छ । तर, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका केही राजनीतिक दलले तीनै तहका निर्वाचन एकैपटक गर्दा राम्रो हुने धारणा अघि सारिरहेका छन् ।उक्त धारणाप्रति प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले न

एमालेले महाधिवेशनमा निम्तो दिए पनि जाँदैनौंः एकीकृत समाजवादी महासचिव

काठमाडौं, कात्तिक २१ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले नेकपा एमालेको महाधिवेशनमा निम्ता गरे पनि नजाने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव डा. भुसालले भने, “एमालेको महाधिवेशन भनेको केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो । विचारको बहस र नेतृत्व निर्माणबारे […]

नेकपा (एकीकृत समाजवादी)को राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व खनाललाई

काठमाडौँ– नेकपा एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले राजनीतिक प्रतिवेदन लेखनको नेतृत्व झलनाथ खनाललाई सुम्पेको छ । नेकपा (एकीकृत समाजवादी)भित्र तत्कालिन एमालेका महासचिव मदन भण्डारीद्वारा प्रतिवादित जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्ने कि नमान्ने भन्ने बहस चलिरहेका बेला ‘जबज विरोधी’ खनाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी सुम्पेको हो । नेकपा एमालेको पाँचौ महाधिवेशनमा भण्डारीले जबज प्रस्ताव […]