हायात प्लेस अब ‘हायात सेन्ट्रिक’

काठमाडौं। हायात होटल कर्पोरेशन र सिटी होटल लिमिटेडले काठमाडौंको सोल्टीमोडमा रहेको हायात प्लेस काठमाडौंलाई ‘हायात सेन्ट्रिक’को नामबाट रिब्राण्डिङ गर्ने सहमतिसहित सोको घोषणा गरेका छन् । हायात सेन्ट्रिकमा व्यवस्थित प्रवेशद्वार, स्काई बार, लङ लगायतका परिस्कृत सुविधा थप गरिएको बताइएको छ । होटलबाट छोटो दूरीमा रहेका विश्वसम्पदा सूचीमा परेका विभिन्न पर्यटकीय स्थल लगायतमा छोटो दूरीमै भ्रमण र अवलोकन गर्न पर्यटकका लागि थप सुविधा हुने अपेक्षा गरिएको छ । ‘काठमाडौंको केन्द्रमा अवस्थित होटलले पाहुनाका लागि सहयोग त पुग्छ नै, पहिलो हायात सेन्ट्रिक होटल नेपालमा सञ्चालनमा आउँदा दक्षिण र पश्चिम एसियामा हाम्रो पोर्टफोलियो बलियो बन्छ,’ हायातका भारत तथा दक्षिण पश्चिम उपाध्यक्ष धु्रव राठौरले भने । सिटी होटल लिमिटेडमा कार्यकारी निर्देशक अक्षय गोल्यानले ‘हायात सेन्ट्रिक’ले पाहुनाका अपेक्षा तथा आवश्यकता पूरा गर्न उपयुक्त विकल्पको रूपमा प्रस्तुत हुने बताए । होटलका महाप्रबन्धक वरुण तल्वारले रिब्राण्डिङपछि काठमाडौंको अग्रणी होटलको रूपमा स्थापित हुन थप बल पुगेको बताए । पाहुनालाई नयाँ अनुभूति दिन होटल प्रतिबद्ध रहेको उनको भनाइ छ । 

सम्बन्धित सामग्री

मेरो ‘ड्रिम प्लेस’  मुस्ताङ

सिनेमामा काम गर्नुअघि युकेबाट तीन–चार वर्षको ग्यापमा नेपाल आइरहन्थेँ । त्यसवेला पारिवारिक भेटघाटमै समय बित्थ्यो । घुमघाम गर्ने समय मिल्दैनथ्यो । फिल्ममा काम गर्न थालेपछि नेपालका केही नयाँ ठाउँहरू पनि पुग्ने अवसर मिल्यो । काम...

ह्यात प्लेस काठमाडौं र क्यासिनो मरिनाबीच क्यासिनो सञ्चालनसम्बन्धी सम्झौता

काठमाडौं (अस) । गोल्यान ग्रूप अन्तर्गतको कम्पनी सिटी होटल लिमिटेड र र्‍याङ्क इन्टरटेन्मेन्ट होल्डिङ्स प्रालिबीच काठमाडौंको सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा गोल्यान समूहका प्रबन्ध निर्देशक अक्षय गोल्यान र र्‍याङ्क इन्टरटेन्मेन्ट होल्डिङ्स प्रालिका अध्यक्ष रवि विजेरत्नेले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर समारोहमा गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, सिटी होटल लिमिटेडका अध्यक्ष शक्ति गोल्यान र र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि सीईओ आसांगा वारसाभिथार्नाको समेत उपस्थिति थियो । ह्यात प्लेस होटल काठमाडौंको ताहाचलमा रहेको अन्तरराष्ट्रिय स्तरको होटल हो । १४ तले होटलमा १५३ ओटा कोठा छन् । र्‍याङ्क इन्टरटेन्मेन्ट होल्डिङ्स प्रालि श्रीलंकाको सबैभन्दा ठूलो इन्टरटेन्मेन्ट कंगलोमेरट हो ।

ह्यात प्लेस काठमाडौं र क्यासिनो मरिना बीच क्यासिनो भाडासम्बन्धी सम्झौता

वैशाख २८, काठमाडौं । गोल्यान ग्रूपको कम्पनी सिटी होटल लिमिटेड र र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि बीच काठमाडौंको सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा भाडा क्यासिनो सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।  सम्झौतामा गोल्यान समूहका प्रवन्ध निर्देशक अक्षय गोल्यान र र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिका अध्यक्ष रवी विजेरत्नेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, सिटी होटल लिमिटेडका अध्यक्ष शक्ति गोल्यान र र्‍याङ्क  इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिका सीईओ आसांगा वारसाभिथार्नाको समेत उपस्थिति रहेको थियो ।  ह्यात प्लेस होटल काठमाडौंको ताहचलमा रहेको अन्तरराष्ट्रिय स्तरको होटल हो । १४ तले होटलमा १५३ ओटा कोठा रहेका छन् । होटलमा हरेक कोठामा सुत्ने, काम गर्ने खेल्ने ठाउँ छुट्टा - छुट्टै ठाउँ छ । केही कोठामा कुनामा सोफा स्लिपर पनि छ । होटलमा खानपिन गर्ने ठाउँका विविध विकल्प उपलब्ध छन् । चारैतिर निःशुकल्क वाईफाई छ भने फिटनेस सेन्टर र कार्यक्रम स्थल पनि छ । र्‍याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि श्रीलंकाको सबैभन्दा ठूलो इन्टरनेटमेन्ट कंगलोमेरट हो ।

५ अर्बको लगानीमा आयो राजधानीमा ह्यात प्लेस होटल

काठमाडौँ– अन्तर्राष्ट्रिय ब्राण्ड ह्यात प्लेस होटल काठमाडौंको सोल्टीमोडमा सञ्चालनमा आएको छ। राजधानीमा पत्रकार सम्मेलन गरी ह्यात प्लेस होटल सञ्चालनमा आएको गोल्यान समुहले जानकारी दिएको हो। गोल्यान समुहका अनुसार ह्यात प्लेस ५ अर्ब लगानी सञ्चालनमा आएको हो। होटलमा १५३ वटा कोठाहरु रहेका छन् । गोल्यान समूहले निर्माण सुरु गरेको होटलमा अर्का उद्योगी कमलेश अग्रवाल लगायतका अन्य […]

पाँच तारे हायात प्लेस सञ्चालनमा

काठमाडौं उपत्यकामा थप पाँच तारे होटल थप भएको छ । उपत्यकामा अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्लेस’ को सञ्चालनमा आएको हो । होटलमा गोल्यान ग्रुपको ५ अर्ब रुपैयाँ लगानीमा होटल व्यवस्थापनको जिम्मा हायात प्लेसलेलाई दिएर सञ्चालनमा ल्याएको हो ।अर्पाटमेन्टको लागि निर्माण भएको सो भवन सन् २०१५ को भूकम्पपछि २ मध्ये १ लाई होटलको रुपमा विकास गरिएको […]

५ अर्ब लगानीमा गोल्यान समूहले सञ्चालनमा ल्यायो ५ तारे होटल 'हायात प्लेस'

काठमाडौंको सोल्टीमोडमा नयाँ पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको छ । तर नयाँ होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु ...

काठमाडौंमा खुल्यो दोस्रो पाँचतारे होटल ‘हायात प्लेस’

केन्द्रीय राजधानी काठमाडौंमै हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । काठमाडौंको सोल्टीमोडस्थित टाचलमा गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको कम्पनीले जनाएको छ । तर होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहित

५ अर्ब लगानीमा ह्यात प्लेस होटल सञ्चालनमा

२७ कात्तिक, काठमाडौं । काठमाडौंको सोल्टीमोडमा ह्यात प्लेस होटल सञ्चालनमा आएको छ । अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्लेस सञ्चालनमा आएको हो । शनिबार पत्रकार सम्मेलन गरी ह्यात प्लेस ५ अर्ब लगानी सञ्चालनमा आएको जानकारी दिइएको छ । होटलमा १५३ वटा कोठाहरु रहेका छन् । गोल्यान समुहले यो होटलको निर्माण शुरु गरेको थियो […]

सन् २०२३ सम्म पर्यटन लयमा फर्किनेछ : वरुण तलवार

होटेल सञ्चालनको तयारी के भइरहेको छ ? हायात प्लेस दसैँ र तिहारको बीचमा सञ्चालनमा आउँछ । अहिले हामी टेस्टिङको काम गरिरहेका छौँ । तत्काललाई होटेलको सफ्ट लन्चिङ हुन्छ । सरकारको गाइडलाइन पालना गरेर रेस्टुरेन्ट...

सीजी ब्राण्डको डिसवासर बजारमा

सीजी ब्राण्डले घरायसी सामाग्री डिसवासर बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई मध्येनजर गरी सहुलियत मूल्यमा निकै नै आकर्षक र सजिलै चलाउन सकिने यो डिसवासर ल्याएको कम्पनीले जनाएको छ ।यी डिसवासर १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाइनेछ । यसमा डिस्प्ले स्किृन तथा टच बटनहरू भएकाले चलाउन सजिलो हुने जनाइएको छ । यी दुवै मोडलमा […]