काठमाडौं (अस) । गोल्यान ग्रूप अन्तर्गतको कम्पनी सिटी होटल लिमिटेड र र्याङ्क इन्टरटेन्मेन्ट होल्डिङ्स प्रालिबीच काठमाडौंको सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा गोल्यान समूहका प्रबन्ध निर्देशक अक्षय गोल्यान र र्याङ्क इन्टरटेन्मेन्ट होल्डिङ्स प्रालिका अध्यक्ष रवि विजेरत्नेले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर समारोहमा गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, सिटी होटल लिमिटेडका अध्यक्ष शक्ति गोल्यान र र्याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि सीईओ आसांगा वारसाभिथार्नाको समेत उपस्थिति थियो ।
ह्यात प्लेस होटल काठमाडौंको ताहाचलमा रहेको अन्तरराष्ट्रिय स्तरको होटल हो । १४ तले होटलमा १५३ ओटा कोठा छन् । र्याङ्क इन्टरटेन्मेन्ट होल्डिङ्स प्रालि श्रीलंकाको सबैभन्दा ठूलो इन्टरटेन्मेन्ट कंगलोमेरट हो ।