५ अर्ब लगानीमा गोल्यान समूहले सञ्चालनमा ल्यायो ५ तारे होटल 'हायात प्लेस'

काठमाडौंको सोल्टीमोडमा नयाँ पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको छ । तर नयाँ होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु ...

सम्बन्धित सामग्री

बुढानिलकण्ठ हेरिटेजले आईपीओ जारी गर्ने ,नियुक्त गर्‍यो विक्री प्रबन्धक

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिशेयर १०० रूपैयाँ अंकित मुल्यमा १५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने काम सम्पन्न भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको जानकारी कम्पनीले दिएको छ । विक्री प्रबन्धक नियुक्ती गर्ने कार्य माघ २३ गते मंगलबारमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा बुढानिलकण्ठ हेरिटेज लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्की र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् । विक्रम सम्बत् २०७५ सालमा प्राइभेट कम्पनीको रुपमादर्ता भई विक्रम सम्बत् २०७८ सालमा पब्लिक कम्पनीको रुपमा यो कम्पनी परिणत भएको थियो । कम्पनीको केन्द्रिय कार्यालय बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १, काठमाण्डौंमा रहेको छ । संस्थापकहरूको ८५ करोड रूपैयाँ लगानी रहेको यस कम्पनीको सर्वसाधारणमा अ आईपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी १ अर्ब रूपैयाँ पुग्नेछ ।  अन्र्तराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यस कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ । आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् । लेमन ट्री होटल्स लिमिटेड एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी हो जसले उच्च स्तरिय, अपर–मिडस्केल, मिडस्केल र ईकोनोमी सेगमेन्टहरूमा काम गर्दछ । यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएकोे छ । लेमन ट्री होटल्स लिमिटेडले नेपालमा पहिलो होटलको रुपमा“लेमन ट्री प्रिमियर बुढानिलकण्ठ”काठमाडौंको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्याती प्राप्त व्यक्तिहरूको लगानी रहेको छ ।

२ अर्ब लगानीमा इटहरीमा खुल्यो ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’

३ जेठ, काठमाडौं । सुनसरीको इटहरीमा सुविधा सम्पन्न ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा ५ तारे होटल सञ्चलानमा ल्याइएको सोल्टी होटलकी मार्केटिङ प्रमुख अनिता बस्नेतले जानकारी दिइन् । उनका अनुसार २ अर्ब लगानीमा बनेको सो होटल बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । यसअघि होटल […]

होटल इच्छामा सिटिजन्स बैंकका ग्राहकलाई १० प्रतिशत छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल (Citizens Bank International) र बाराको सिमरास्थित ५ तारे होटल ‘इच्छा प्रालि’बीच बैंकका कार्डवाहकलाई छूट (Discount) दिनेसम्बन्धी सम्झौता भएको छ ।  सो सम्झौतापश्चात बैंकका कार्डवाहकले होटल इच्छामा १० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।  डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताइएको छ ।

हजारबाट शुरू, २४ वर्षमा ७ अर्ब

काठमाडौं । २४ वर्षअघि प्लाष्टिकको त्रिपालमुनि चाउमिन, मम बेच्ने लक्ष्मण न्यौपाने अहिले झण्डै ७ अर्ब रुपैयाँ लगानीको व्यावसायिक घराना सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी हाँकिरहेका छन् । नेपालको सफल हस्पिटालिटी व्यवसायको रूपमा यसको पहिचान बनेको छ । ग्रुप अध्यक्षमा ५१ वर्षका लक्ष्मण छन् । शुरूको पारिवारिक व्यवसायमा अहिले ८० भन्दा बढी साझेदार छन् । वार्षिक २४ प्रतिशत ब्याजमा ५० हजार रुपैयाँ ऋण लिएर टीकापुरमा शुरू गरेका सिद्धार्थ गेष्ट हाउस न्यौपानेको पहिलो भेन्चर थियो । उनका बुबा कहिले भारतको मुम्बईमा सिल्क साडीको व्यापार गर्थे त कहिले आसामको गुवाहाटीमा गाईवस्तु पालेर दूध र खाद्यान्न विक्री गर्थे । बुबासँगै गुवाहाटी बसेका लक्ष्मणलाई त्यहाँ बस्न मन लागेन ।  नेपाल त आए, यहाँ टिक्ने उचित वातावरण देखेनन् । साथीहरूसँग पुनस् भारत फर्किए । यसपटक उनको गन्तव्य आसाम नभई दिल्ली र मुम्बई शहर बन्यो । गुल्मीमा जन्मिएका न्यौपानेको मनमा स्वदेशमा केही गर्नुपर्छ भन्ने हुटहुटी भने जहाँ पुगे पनि मरेन । मुम्बईमा साडी व्यापार गर्दा उनले सुदूरपश्चिममा राम्रो विकास हुँदै गरेको सुने । जनसंख्या कम भएको, कसैले नचिनेको र कसैको सम्पर्क नहुने गुल्मीमै व्यवसाय गर्ने सोच बनाएका उनलाई यो खबरले विकल्प दियो ।  पुन: नेपाल फर्किएका न्यौपानेले कैलालीको टीकापुरलाई कर्मथलो बनाउने निधो गरे । ‘आफ्नै गाउँठाउँमा काम गर्न सहज छैन,’ न्यौपाने भन्छन्, ‘अहिले युवाहरू नेपालमा काम नपाएर विदेश गएका होइनन् । कुल्ली काम गर्नेले पनि यहाँ २५–३० हजार रुपैयाँ कमाउँछ । तर, उनीहरूलाई आफ्नो ठाउँमा काम गर्न अप्ठेरो लाग्छ । काम गर्नेको सम्मान नहुने कारणले यस्तो भएको हो । मैले गुल्मी छाडेर टीकापुर रोज्नुको कारण पनि त्यही थियो ।’  ‘अहिले नेपालका व्यावसायिक घराना तथा ठूला बिजनेश हाउसको पृष्ठभूमि हेर्दा पनि उनीहरूले आफ्नो थातथलोमा नभई अन्यत्रै पुगेर प्रगति गरेको देखिन्छ,’ न्यौपाने भन्छन्, ‘नयाँ ठाउँमा जाँदा व्यक्तिको शीप, मेहनत र कामबाहेक अरू कुराको मतलब हुँदैन । जस्तो कि विदेशबाट आउँदा मान्छे र कमाइ हेरिन्छ, के काम गर्थ्यो हेरिँदैन ।’ आफ्नै गाउँठाउँमा व्यवसाय गर्दा धेरै कुराले प्रभाव पार्ने उनको अनुभव छ ।  उनले चर्को ब्याजको ऋण लिएर २०५४ सालमा टिकापुरमा त्रिपालको छाप्रोमा चाउमिन र मम पसल सुरु गर्दा नेपाल भ्रमण वर्ष–१९९८ चलिरहेको थियो । त्यसको दुई वर्षभित्रै, २०५६ सालमा टीकापुरमै नौ कोठे ‘हिमाल गेष्ट हाउस’ शुरू गरे । पछि उनले त्यसको नाम परिवर्तन गरी ‘सिद्धार्थ गेष्ट हाउस’ बनाए । त्यही नामबाट अहिले ‘सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी’ माउ संस्था बनेको छ ।  ‘बिजनेश गर्छु र यही क्षेत्रमा सफल बन्छु भन्ने भित्री मनमै थियो,’ उनी भन्छन्, ‘त्यो आत्मविश्वास नभएको भए आज म यहाँ आइपुग्ने थिइनँ, सफल हुन धैर्य र आत्मविश्वास जरुरी हुन्छ ।’  आज नभए, भोलि हुन्छ भन्ने सकारात्मक सोचले आफूलाई सधैं आशावादी बनाएको उनले सुनाए । यो ग्रुपले अहिले देशका विभिन्न भागमा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफे र कटेज सञ्चालन गरिरहेको छ । पहिला बैंकसम्म पुग्न नसक्दा चर्को ब्याजमा ऋण लिएको अनुभव संगालेका लक्ष्मण पैसाभन्दा इमानदारी, काममा लगावलाई सफलताको सूत्र मान्छन् । आफ्नो व्यावसायिक समूहको नाम शान्तिदूत सिद्धार्थ गौतमसँग जोडिएकोले त्यसले खराब काम गरे बुद्धकै नाम कलंकित हुने डर उनलाई छ ।  आत्मविश्वास र धैर्यलाई सफलताको सूत्र मान्ने लक्ष्मण आफ्ना योजना साथीहरुलाई पनि सुनाउने गरेको बताउँछन् । उनको पछिल्लो परियोजना भैरहवामा निर्माणाधीन होटल सिद्धार्थ ६ महीनाभित्र सञ्चालनमा आउँदैछ । पाँचतारे स्तरको उक्त होटल १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा तयार हुनेछ ।  ‘दुई वर्षभित्र सञ्चालन गरिसक्ने योजना साथ होटल निर्माण शुरू गरेकोमा कोभिड–१९ ले पछि धकेल्यो,’ उनले सुनाए । नुवाकोटमा पनि सिटी डिलक्स स्तरको होटल खोल्ने न्यौपानेको योजना छ । उक्त ग्रुपको सुर्खेत, नेपालगञ्ज र काठमाडौंको बौद्धमा गरी चारतारे स्तरका ३ होटल सञ्चालनमा छन् । पहिलोपटक भैरहवामा ५ तारे होटल सञ्चालन हुँदैछ ।  जुम्लामा जग्गा किनेको र केही वर्षमा व्यवसाय शुरू गर्ने योजना उनले सुनाए । रारा जाने योजना जग्गाका कारण अन्योलमा परेको उनको भनाइ छ । यसैगरी, कुरिनटारमा क्षमता विस्तार र इलामको कन्याममा काम भइरहेको छ । जुम्लामा खस आर्य उद्गमस्थलको पहिचान झल्किने गरी होटलको डिजाइन बनाउँदै गरेको उनले बताए । सिद्धार्थले अहिलेसम्म कसैलाई फ्रेन्चाइज दिएको छैन । यसलाई अन्तरराष्ट्रिय चेन ब्राण्ड बनाउने सपना उनको छ । सोही अनुसार काम भइरहेको अध्यक्ष न्यौपानेले सुनाए । सिद्धार्थ ग्रुपले १५ सयभन्दा बढीलाई रोजगारी दिएको छ, जसमा स्थायी कर्मचारी हजार हाराहारी छन् । निर्माणाधीन परियोजनाले पाँच सय हाराहारीलाई रोजागारी दिएको छ । सिद्धार्थ ग्रुपको लगानी कैलाली, नेपालगञ्ज, काठमाडौं (सुन्धारा, तीनकुने, पुरानो बानेश्वर, कोटेश्वर), ललितपुर, रूपन्देही, सुर्खेत, चितवन, झापासम्म विस्तार भएको छ ।

रियलस्टेटको बद्लिँदो ट्रेण्डः अपार्टमेन्ट परिसरमै तारे होटल र सपिङ कम्प्लेक्स

रियलस्टेटमा देश अनुसार आ–आफ्ना ट्रेण्ड छन् । विश्वका ठूला शहरहरुमा स्थापित भईसकेका ट्रेण्ड क्रमशः अरु देशका शहरहरुमा पनि फैलिन्छन् । अपार्टमेन्ट, त्यहीँ परिसरमा स्टार होटल र सोही कम्पाउण्डभित्र सपिङ मल तथा कम्प्लेस सहितको रियलस्टेटको ट्रेण्ड विश्वका ठूला शहरमा स्थापित ट्रेण्ड हो । तर, यो अभ्यास भने नेपालमा बल्ल सुरु भएको छ । कहाँ कहाँ हुँदैछ यस्तो फ्यूजन ?अहिले आईरहेका नयाँ रियलस्टेट परियोजनामा अपार्टमेन्टसँगै स्टार होटल र सपिङ मल पनि सँगै छन् । अपार्टमेन्टमा बस्ने व्यक्तिहरुले नजिकै गएर खाना खान चाहे वा कुनै बस्तु खरिद गर्न चाहे टाढा जानुपर्ने बाध्यता हटाउन यस्ता परियोजनाले निकै सघाउ पुग्ने देखिन्छ ।कुपण्डोल हाईटस्थित समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट सहितको पाँच तारे होटल बन्दैछ । कर्मा समूहले महाराजगञ्जको काठमाडौँ भ्याली पब्लिक स्कुल जग्गामा अपार्टमेन्टसहित पाँच तारे होटल बनाउँदैछ । चाबहिलको गोपीकृष्ण हल भत्काएर पाँच तारे होटल र सपिङ कम्प्लेक्स निर्माणको काम सुरु भएको छ । मोतिलाल दुगडले बिराटनगरमा सपिङ मल, मल्टिप्लेक्स र पार्क सहितको ५ तारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । पोखराका व्यवसायी विप्लव पौडेलले कान्तिपथमा बनाएको विशाल भवनमा तलका २ तलामा सपिङ कम्प्लेक्स र माथिका तलामा होटल चलाउँदैछन् । सपिङ कम्प्लेक्सको बुकिङ पनि सुरु भईसकेको छ ।गोल्यान समूहले ताहचलमा अपार्टमेन्ट सहितको पाँच तारे ‘होटल ह्यात प्लेस’ सञ्चालनमा ल्याइसकेको छ । ठमेलस्थित छायाँ सेन्टरमा पनि पाँच तारे होटल र सपिङ कम्पलेक्स छ । यसरी पाँचतारे होटल, अपार्टमेन्ट र सपिङ कम्प्लेक्सको फ्यूजन गरिएका परियोजना निर्माणको क्रम तीव्र रहेको छ । कोभिडपछि मौलाएको मोडलभूकम्पका कारण अपार्टमेन्टको विकास र यहाँ बस्ने मान्छे कम हुँदै गएका थिए । तर, अहिले विस्तारै बढ्दै छन् । कोरोना सुरु हुनु अघिसम्म यस्ता परियोजनामा अपार्टमेन्ट मात्रै थिए । तर, अपार्टमेन्टले मात्रै लगानीको प्रतिफल दिन नसक्ने भएपछि ठूला लगानीकर्ताहरु अपार्टमेन्टमा सपिङ कम्पलेक्स र तारे होटल पनि जोड्न कस्सिकएका हुन् । होटल चलाएर त्यहाँबाट नाफा कमाउन कम्तीमा १० वर्ष लाग्ने भएकाले अपार्टमेन्ट बनाएर बिक्री गरी होटल पनि बनाउँदा होटल सुरुदेखि नै ऋण नलिई चलाउन सकिने भएकाले कोरोना पश्चात नेपालमा यो मोडल फस्टाउँदो देखिएको अपार्टमेन्ट डेभलपर्सहरु बताउँछन् ।

काठमाडौँमा खुल्यो ५ सय करोड लगानीको ५ तारे होटल ‘हायात प्लेस’

अमेरिकी चेन होटल ब्राण्ड हायात प्लेस काठमाडौँमा खुलेको छ । गोल्यान समूहको लगानीमा सोल्टी मोडमा खुलेको होटल हायात प्लेसले औपचारिक सेवाको सुरुवात भने कार्तिक २९ गते हरिबोधनी एकादशीको दिनबाट गर्नेछ ।६९ देशका ३८५ गन्तव्यमा हायात प्लेसका १ हजार होटल छन् । काठमाडौँमा पवन गोल्यान नेतृत्वको गोल्यान समूहले १५३ कोठासहितको होटल सञ्चालनमा ल्याएको हो । २४ सैँ घण्टा सेवा उपलब्ध हुने दाबी गरिएको यो होटलमा १५० कर्मचारी छन् । सम्पूर्ण व्यवस्थापनको जिम्मा हायातले लिएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा सँगै अपार्टमेन्ट पनि छ । तर, अपार्टमेन्टमा भने गोल्यान परिवार मात्रै बस्दै आएको छ । बिक्रि गर्ने ४ युनिट अपार्टमेन्ट मात्रै भएकाले अहिले यसको सञ्चालन मोडल तयार भईनसकेको पवन गोल्यान बताउँछन् । ५ तारे यो होटलमा ३ वटा ‘स्वीट्स रुम’ छन्, ८ वटा ‘टियरेष्ट रुम’ छन् । ह्यात ब्राण्डकै ‘सेलेक्ट सर्भिस’ उपलब्ध गराउने यो होटलमा निकट भविष्यमा क्यासिनो पनि राख्ने योजना रहेको पवन गोल्यानका भतिजसमेत रहेका होटलका अध्यक्ष शक्ति गोल्यानले बताए । भूकम्पअघि २ वटै टावरलाई अपार्टमेन्टकै लागि बनाईएको भएपनि भूकम्पपछि भने उनै शक्ति गोल्यानको योजनामा एउटा टावरलाई होटलमा परिणत गरिएको हो । फिटनेश सेन्टर, बार, लाउन्ज, स्वीमिङसहित ५ तारे होटलमा हुनुपर्ने सबै मापदण्ड पूरा भएको यो होटलको ‘टप फ्लोर’बाट स्वयम्भू, विभिन्न हिमाल र काठमाडौँ वरिपरीका डाँडाका थुम्काहरुको दृश्यावलोकन गर्न सकिन्छ । बिहानको सुर्योदय र साँझको सुर्यास्तको दृश्य निकै मनमोहक देखिन्छ ।नेपालमा पर्यटनको अथाहा सम्भावना भएकाले विदेशबाट आउने पर्यटकलाई लक्षित गरी उत्कृष्ट सेवा दिने लक्ष्यसहित होटल सञ्चालनमा ल्याईएको व्यवस्थापन पक्षको भनाई छ । होटलमा ५ सय करोड लगानी छ ।