वैशाख २८, काठमाडौं । गोल्यान ग्रूपको कम्पनी सिटी होटल लिमिटेड र र्याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि बीच काठमाडौंको सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा भाडा क्यासिनो सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा गोल्यान समूहका प्रवन्ध निर्देशक अक्षय गोल्यान र र्याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिका अध्यक्ष रवी विजेरत्नेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा गोल्यान समूहका अध्यक्ष पवन गोल्यान, सिटी होटल लिमिटेडका अध्यक्ष शक्ति गोल्यान र र्याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिका सीईओ आसांगा वारसाभिथार्नाको समेत उपस्थिति रहेको थियो ।
ह्यात प्लेस होटल काठमाडौंको ताहचलमा रहेको अन्तरराष्ट्रिय स्तरको होटल हो । १४ तले होटलमा १५३ ओटा कोठा रहेका छन् । होटलमा हरेक कोठामा सुत्ने, काम गर्ने खेल्ने ठाउँ छुट्टा - छुट्टै ठाउँ छ । केही कोठामा कुनामा सोफा स्लिपर पनि छ ।
होटलमा खानपिन गर्ने ठाउँका विविध विकल्प उपलब्ध छन् । चारैतिर निःशुकल्क वाईफाई छ भने फिटनेस सेन्टर र कार्यक्रम स्थल पनि छ । र्याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालि श्रीलंकाको सबैभन्दा ठूलो इन्टरनेटमेन्ट कंगलोमेरट हो ।