पाँच तारे हायात प्लेस सञ्चालनमा

काठमाडौं उपत्यकामा थप पाँच तारे होटल थप भएको छ । उपत्यकामा अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्लेस’ को सञ्चालनमा आएको हो । होटलमा गोल्यान ग्रुपको ५ अर्ब रुपैयाँ लगानीमा होटल व्यवस्थापनको जिम्मा हायात प्लेसलेलाई दिएर सञ्चालनमा ल्याएको हो ।अर्पाटमेन्टको लागि निर्माण भएको सो भवन सन् २०१५ को भूकम्पपछि २ मध्ये १ लाई होटलको रुपमा विकास गरिएको […]

सम्बन्धित सामग्री

रियलस्टेटको बद्लिँदो ट्रेण्डः अपार्टमेन्ट परिसरमै तारे होटल र सपिङ कम्प्लेक्स

रियलस्टेटमा देश अनुसार आ–आफ्ना ट्रेण्ड छन् । विश्वका ठूला शहरहरुमा स्थापित भईसकेका ट्रेण्ड क्रमशः अरु देशका शहरहरुमा पनि फैलिन्छन् । अपार्टमेन्ट, त्यहीँ परिसरमा स्टार होटल र सोही कम्पाउण्डभित्र सपिङ मल तथा कम्प्लेस सहितको रियलस्टेटको ट्रेण्ड विश्वका ठूला शहरमा स्थापित ट्रेण्ड हो । तर, यो अभ्यास भने नेपालमा बल्ल सुरु भएको छ । कहाँ कहाँ हुँदैछ यस्तो फ्यूजन ?अहिले आईरहेका नयाँ रियलस्टेट परियोजनामा अपार्टमेन्टसँगै स्टार होटल र सपिङ मल पनि सँगै छन् । अपार्टमेन्टमा बस्ने व्यक्तिहरुले नजिकै गएर खाना खान चाहे वा कुनै बस्तु खरिद गर्न चाहे टाढा जानुपर्ने बाध्यता हटाउन यस्ता परियोजनाले निकै सघाउ पुग्ने देखिन्छ ।कुपण्डोल हाईटस्थित समिट होटल रहेको ठाउँमा अपार्टमेन्ट सहितको पाँच तारे होटल बन्दैछ । कर्मा समूहले महाराजगञ्जको काठमाडौँ भ्याली पब्लिक स्कुल जग्गामा अपार्टमेन्टसहित पाँच तारे होटल बनाउँदैछ । चाबहिलको गोपीकृष्ण हल भत्काएर पाँच तारे होटल र सपिङ कम्प्लेक्स निर्माणको काम सुरु भएको छ । मोतिलाल दुगडले बिराटनगरमा सपिङ मल, मल्टिप्लेक्स र पार्क सहितको ५ तारे होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । पोखराका व्यवसायी विप्लव पौडेलले कान्तिपथमा बनाएको विशाल भवनमा तलका २ तलामा सपिङ कम्प्लेक्स र माथिका तलामा होटल चलाउँदैछन् । सपिङ कम्प्लेक्सको बुकिङ पनि सुरु भईसकेको छ ।गोल्यान समूहले ताहचलमा अपार्टमेन्ट सहितको पाँच तारे ‘होटल ह्यात प्लेस’ सञ्चालनमा ल्याइसकेको छ । ठमेलस्थित छायाँ सेन्टरमा पनि पाँच तारे होटल र सपिङ कम्पलेक्स छ । यसरी पाँचतारे होटल, अपार्टमेन्ट र सपिङ कम्प्लेक्सको फ्यूजन गरिएका परियोजना निर्माणको क्रम तीव्र रहेको छ । कोभिडपछि मौलाएको मोडलभूकम्पका कारण अपार्टमेन्टको विकास र यहाँ बस्ने मान्छे कम हुँदै गएका थिए । तर, अहिले विस्तारै बढ्दै छन् । कोरोना सुरु हुनु अघिसम्म यस्ता परियोजनामा अपार्टमेन्ट मात्रै थिए । तर, अपार्टमेन्टले मात्रै लगानीको प्रतिफल दिन नसक्ने भएपछि ठूला लगानीकर्ताहरु अपार्टमेन्टमा सपिङ कम्पलेक्स र तारे होटल पनि जोड्न कस्सिकएका हुन् । होटल चलाएर त्यहाँबाट नाफा कमाउन कम्तीमा १० वर्ष लाग्ने भएकाले अपार्टमेन्ट बनाएर बिक्री गरी होटल पनि बनाउँदा होटल सुरुदेखि नै ऋण नलिई चलाउन सकिने भएकाले कोरोना पश्चात नेपालमा यो मोडल फस्टाउँदो देखिएको अपार्टमेन्ट डेभलपर्सहरु बताउँछन् ।

काठमाडौँमा खुल्यो ५ सय करोड लगानीको ५ तारे होटल ‘हायात प्लेस’

अमेरिकी चेन होटल ब्राण्ड हायात प्लेस काठमाडौँमा खुलेको छ । गोल्यान समूहको लगानीमा सोल्टी मोडमा खुलेको होटल हायात प्लेसले औपचारिक सेवाको सुरुवात भने कार्तिक २९ गते हरिबोधनी एकादशीको दिनबाट गर्नेछ ।६९ देशका ३८५ गन्तव्यमा हायात प्लेसका १ हजार होटल छन् । काठमाडौँमा पवन गोल्यान नेतृत्वको गोल्यान समूहले १५३ कोठासहितको होटल सञ्चालनमा ल्याएको हो । २४ सैँ घण्टा सेवा उपलब्ध हुने दाबी गरिएको यो होटलमा १५० कर्मचारी छन् । सम्पूर्ण व्यवस्थापनको जिम्मा हायातले लिएको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा सँगै अपार्टमेन्ट पनि छ । तर, अपार्टमेन्टमा भने गोल्यान परिवार मात्रै बस्दै आएको छ । बिक्रि गर्ने ४ युनिट अपार्टमेन्ट मात्रै भएकाले अहिले यसको सञ्चालन मोडल तयार भईनसकेको पवन गोल्यान बताउँछन् । ५ तारे यो होटलमा ३ वटा ‘स्वीट्स रुम’ छन्, ८ वटा ‘टियरेष्ट रुम’ छन् । ह्यात ब्राण्डकै ‘सेलेक्ट सर्भिस’ उपलब्ध गराउने यो होटलमा निकट भविष्यमा क्यासिनो पनि राख्ने योजना रहेको पवन गोल्यानका भतिजसमेत रहेका होटलका अध्यक्ष शक्ति गोल्यानले बताए । भूकम्पअघि २ वटै टावरलाई अपार्टमेन्टकै लागि बनाईएको भएपनि भूकम्पपछि भने उनै शक्ति गोल्यानको योजनामा एउटा टावरलाई होटलमा परिणत गरिएको हो । फिटनेश सेन्टर, बार, लाउन्ज, स्वीमिङसहित ५ तारे होटलमा हुनुपर्ने सबै मापदण्ड पूरा भएको यो होटलको ‘टप फ्लोर’बाट स्वयम्भू, विभिन्न हिमाल र काठमाडौँ वरिपरीका डाँडाका थुम्काहरुको दृश्यावलोकन गर्न सकिन्छ । बिहानको सुर्योदय र साँझको सुर्यास्तको दृश्य निकै मनमोहक देखिन्छ ।नेपालमा पर्यटनको अथाहा सम्भावना भएकाले विदेशबाट आउने पर्यटकलाई लक्षित गरी उत्कृष्ट सेवा दिने लक्ष्यसहित होटल सञ्चालनमा ल्याईएको व्यवस्थापन पक्षको भनाई छ । होटलमा ५ सय करोड लगानी छ ।

तारे होटेलमा ‘चेन ब्रान्ड’ थपियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै बीच पाँचतारे होटेलमा अर्काे नयाँ अन्तरराष्ट्रिय चेन ब्रान्ड ‘हायात प्लेस’ थपिएको छ । व्यवसायलाई विविधीकरण गर्दै आएको गोल्यान समूहको लगानीमा काठमाडौंको सोल्टीमोडस्थित ‘हायात प्लेस काठमाडौं’ सञ्चालनमा आएको हो । पाँच तारेस्तरको उक्त होटेलको शनिवार औपचारिक उद्घाटन गरिएको छ । रू. ५ अर्ब लगानीमा उक्त होटेल निर्माण भएको हो । कोरोना भाइरस संक्रमण कायमै रहेका बेला यो होटेल सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमण घट्दो र पर्यटक पनि आउन थालेको हुँदा होटेल सञ्चालनमा ल्याएको ग्रूपका अध्यक्ष पवन गोल्यानले बताए । केही समयअघि सरकारले पर्यटकका लागि नेपाल खुला गरेसँगै पर्यटकीय सिजन अक्टोबरमा नेपालमा धेरै पर्यटक आएका छन् । नेपालको पर्यटन क्षेत्रल २०१९ को अवस्थामा आइपुग्न सन् २०२५ सम्म कुर्नुपर्ने आकलन व्यवसायीहरूको रहेका बेला अन्तरराष्ट्रिय चेन ब्रान्ड होटेल सञ्चालनमा आएको छ । ‘होटेल सञ्चालन गर्न हामी २ वर्ष ढिला भइसकेका छौं,’ उनले भने, ‘होटेल निर्माण थालेको झन्डै ६ वर्ष भइसक्यो, कोरोना भाइरसका कारण २ वर्ष निर्माणमा ढिला भएको हो ।’ २०७३ मा ३ वर्षभित्र होटेल सञ्चालन गर्ने भनिए पनि कोरोनाका कारण थप २ वर्ष ढिलाइ भएको उनको भनाइ छ । चेन ब्रान्ड भएको हुँदा विदेशी पर्यटक लक्षित भए पनि यहाँ स्वदेशीहरूलाई पनि उत्तिकै प्राथमिकता दिने उनले बताए । होटेलको योजना अघि बढाउँदा रू. ४ अर्ब लगानी हुने भनिए पनि २ वर्षसम्म ढिलाइ हुँदा लागत पनि बढेको गोल्यानले बताए । सोमवारदेखि खुल्ने उक्त होटेल ५ तारे स्तरको हुनेछ भने तारा लिनका लागि होटेलले पर्यटन विभागमा निवेदन दिएको छ । १४ तले उक्त होटेलमा १५३ कोठा छन् भने रेस्टुराँ, बैंक्वेट, स्पा, फिटनेस सेन्टर, स्वीमिङ पुललगायत सभाहलसमेत रहेका छन् । सोल्टी होटेलबाट क्राउन प्लाजा बाहिरिए पनि नेपालमा अहिले सेराटन र हिल्टन चेन ब्रान्ड भित्र्याउने होटेल निर्माणाधीन छन् । म्यारियट, अलफ्टजस्ता चेन होटल थपिएका नयाँ ब्रान्ड हुन् । नेपालमा हायात रिजेन्सी, र्‍याडिसनलगायत होटेलहरू चेन ब्रान्डमा व्यवस्थापन हुँदै आएका छन् ।

५ अर्ब लगानीमा गोल्यान समूहले सञ्चालनमा ल्यायो ५ तारे होटल 'हायात प्लेस'

काठमाडौंको सोल्टीमोडमा नयाँ पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको छ । तर नयाँ होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु ...