५ अर्ब लगानीमा ह्यात प्लेस होटल सञ्चालनमा

२७ कात्तिक, काठमाडौं । काठमाडौंको सोल्टीमोडमा ह्यात प्लेस होटल सञ्चालनमा आएको छ । अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्लेस सञ्चालनमा आएको हो । शनिबार पत्रकार सम्मेलन गरी ह्यात प्लेस ५ अर्ब लगानी सञ्चालनमा आएको जानकारी दिइएको छ । होटलमा १५३ वटा कोठाहरु रहेका छन् । गोल्यान समुहले यो होटलको निर्माण शुरु गरेको थियो […]

सम्बन्धित सामग्री

५ अर्बको लगानीमा आयो राजधानीमा ह्यात प्लेस होटल

काठमाडौँ– अन्तर्राष्ट्रिय ब्राण्ड ह्यात प्लेस होटल काठमाडौंको सोल्टीमोडमा सञ्चालनमा आएको छ। राजधानीमा पत्रकार सम्मेलन गरी ह्यात प्लेस होटल सञ्चालनमा आएको गोल्यान समुहले जानकारी दिएको हो। गोल्यान समुहका अनुसार ह्यात प्लेस ५ अर्ब लगानी सञ्चालनमा आएको हो। होटलमा १५३ वटा कोठाहरु रहेका छन् । गोल्यान समूहले निर्माण सुरु गरेको होटलमा अर्का उद्योगी कमलेश अग्रवाल लगायतका अन्य […]

पाँच तारे हायात प्लेस सञ्चालनमा

काठमाडौं उपत्यकामा थप पाँच तारे होटल थप भएको छ । उपत्यकामा अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्लेस’ को सञ्चालनमा आएको हो । होटलमा गोल्यान ग्रुपको ५ अर्ब रुपैयाँ लगानीमा होटल व्यवस्थापनको जिम्मा हायात प्लेसलेलाई दिएर सञ्चालनमा ल्याएको हो ।अर्पाटमेन्टको लागि निर्माण भएको सो भवन सन् २०१५ को भूकम्पपछि २ मध्ये १ लाई होटलको रुपमा विकास गरिएको […]

तारे होटेलमा ‘चेन ब्रान्ड’ थपियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणकै बीच पाँचतारे होटेलमा अर्काे नयाँ अन्तरराष्ट्रिय चेन ब्रान्ड ‘हायात प्लेस’ थपिएको छ । व्यवसायलाई विविधीकरण गर्दै आएको गोल्यान समूहको लगानीमा काठमाडौंको सोल्टीमोडस्थित ‘हायात प्लेस काठमाडौं’ सञ्चालनमा आएको हो । पाँच तारेस्तरको उक्त होटेलको शनिवार औपचारिक उद्घाटन गरिएको छ । रू. ५ अर्ब लगानीमा उक्त होटेल निर्माण भएको हो । कोरोना भाइरस संक्रमण कायमै रहेका बेला यो होटेल सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमण घट्दो र पर्यटक पनि आउन थालेको हुँदा होटेल सञ्चालनमा ल्याएको ग्रूपका अध्यक्ष पवन गोल्यानले बताए । केही समयअघि सरकारले पर्यटकका लागि नेपाल खुला गरेसँगै पर्यटकीय सिजन अक्टोबरमा नेपालमा धेरै पर्यटक आएका छन् । नेपालको पर्यटन क्षेत्रल २०१९ को अवस्थामा आइपुग्न सन् २०२५ सम्म कुर्नुपर्ने आकलन व्यवसायीहरूको रहेका बेला अन्तरराष्ट्रिय चेन ब्रान्ड होटेल सञ्चालनमा आएको छ । ‘होटेल सञ्चालन गर्न हामी २ वर्ष ढिला भइसकेका छौं,’ उनले भने, ‘होटेल निर्माण थालेको झन्डै ६ वर्ष भइसक्यो, कोरोना भाइरसका कारण २ वर्ष निर्माणमा ढिला भएको हो ।’ २०७३ मा ३ वर्षभित्र होटेल सञ्चालन गर्ने भनिए पनि कोरोनाका कारण थप २ वर्ष ढिलाइ भएको उनको भनाइ छ । चेन ब्रान्ड भएको हुँदा विदेशी पर्यटक लक्षित भए पनि यहाँ स्वदेशीहरूलाई पनि उत्तिकै प्राथमिकता दिने उनले बताए । होटेलको योजना अघि बढाउँदा रू. ४ अर्ब लगानी हुने भनिए पनि २ वर्षसम्म ढिलाइ हुँदा लागत पनि बढेको गोल्यानले बताए । सोमवारदेखि खुल्ने उक्त होटेल ५ तारे स्तरको हुनेछ भने तारा लिनका लागि होटेलले पर्यटन विभागमा निवेदन दिएको छ । १४ तले उक्त होटेलमा १५३ कोठा छन् भने रेस्टुराँ, बैंक्वेट, स्पा, फिटनेस सेन्टर, स्वीमिङ पुललगायत सभाहलसमेत रहेका छन् । सोल्टी होटेलबाट क्राउन प्लाजा बाहिरिए पनि नेपालमा अहिले सेराटन र हिल्टन चेन ब्रान्ड भित्र्याउने होटेल निर्माणाधीन छन् । म्यारियट, अलफ्टजस्ता चेन होटल थपिएका नयाँ ब्रान्ड हुन् । नेपालमा हायात रिजेन्सी, र्‍याडिसनलगायत होटेलहरू चेन ब्रान्डमा व्यवस्थापन हुँदै आएका छन् ।

५ अर्ब लगानीमा गोल्यान समूहले सञ्चालनमा ल्यायो ५ तारे होटल 'हायात प्लेस'

काठमाडौंको सोल्टीमोडमा नयाँ पाँचतारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको छ । तर नयाँ होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहितको होटलमा तीन स्वीट्स रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु ...

काठमाडौंमा खुल्यो दोस्रो पाँचतारे होटल ‘हायात प्लेस’

केन्द्रीय राजधानी काठमाडौंमै हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । काठमाडौंको सोल्टीमोडस्थित टाचलमा गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको कम्पनीले जनाएको छ । तर होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहित