सरकारले बजेट वक्तव्यमार्फत सेनिटरी प्याड आयातमा ९० प्रतिशतसम्म छुट दिने घोषणासँगै स्वदेशी उद्योगीले कच्चा पदार्थ आयात बन्द गरेका छन् । वार्षिक ८ देखि १० अर्ब रुपैयाँसम्मको कच्चा पदार्थ आयात गर्ने स्वदेशी प्याड उद्योगले जेठ १५ यता सामान मगाएका छैनन् ।