काठमाडौं । सरकारले निर्यातजन्य उद्योगलाई कच्चा पदार्थ ल्याउदा भन्सार नलाग्ने कानूनको तयारी गरेको छ । भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत निर्यातजन्य उद्योगले धरौटीमा कच्चा पदार्थ आयात गर्न सक्ने व्यवस्था गर्न लागिएको हो । संसदमा दर्ता भइसकेको विधेयकमा कुनै उद्योगले गरेको उत्पादन बैंकिङ प्रणालीमार्फत निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने […]