वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकार गठन भएको ५७ दिनमा चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पर्याप्त अध्ययन र तयारीबिनै मन्त्रालयको संख्या थप्दा प्रदेश सरकारको कामकारबाही अस्तव्यस्त बनिरहेका बेला पाण्डेले मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् बनाएका हुन् ।