कोशीमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त

काठमाडौं,२२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्की आजै पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छ्न भने सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् […]

सम्बन्धित सामग्री

बागमती प्रदेशका १४ मन्त्रालयमा १८ मन्त्री तर छैनन् सचिव

बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्री थपेका हुन् । कांग्रसका मिलनबाबु श्रेष्ठ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, दिपेन्द्र श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री र बलराम पौडेल भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री नियुक्त भएका हुन् । कांग्रेसबाट प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका...

गठबन्धनका ५ दलको घेराबन्दीमा मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस पर्न थालेको छ । ५ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका राईलाई गठबन्धन व्यवस्थापन गरेर मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको हो । आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाएर भए पनि भागबण्डा गर्ने अवस्थामा मुख्यमन्त्री राई पुगेका छन् । ५० जना प्रदेश सांसदको समर्थनमा कात्तिक १६ गते राई मुख्यमन्त्री नियुक्त भएका थिए । राईले मुख्यमन्त्री भएकै दिन ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए ।  मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्न कांग्रेसको अधिवेशनका कारणले  ढिल...

बागमतीमा चार मन्त्रीले लिए शपथ

हेटौँडा । नेकपा एमालेको एकल सरकार रहेको बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । बागमती प्रदेशमा ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको हो ।