भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
भारत सरकारमा ३ किसिमका मन्त्री हुने गरेका छन्, जसमा क्याबिनेट मन्त्री, राज्यमन्त्री स्वतन्त्र प्रभार र राज्यमन्त्री रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो नम्बरको क्याबिनेट मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सरकारका सबै निर्णयमा भाग लिन पाउँछन् । सँगसँगै कुनै १ वा सोभन्दा बढी मन्त्रालयको नेतृत्व लिएर काम गर्छन् ।
दोस्रो नम्बरमा पर्ने राज्यमन्त्री स्वतन्त्र प्रभारले मन्त्रालयको काम त गर्छन् तर सधैं मन्त्रिपरिषद्मा सहभागी हुँदैनन् । मन्त्रालयसँग सम्बन्धि...