फेब्रुअरी १४ मा भारतको जम्मू काश्मिरस्थित पुलवामामा आत्मघाती आक्रमण हुँदा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भयो। भारतले त्यसको जिम्मेवारी पाकिस्तानमा सक्रिय रहेको जैश ए मोहम्मदमाथि लगाउँदै आएको छ। त्यसयता दुई देशबीचको सम्बन्ध झनै चिसियो।
भारतले आक्रमणको जिम्मेवार मानेको जैशका नाइके मसुद अजहरलाई 'अन्तर्राष्ट्रिय आतंककारी' घोषणा गर्दै प्रतिबन्ध लगाउने प्रस्ताव