सुडानमा सैन्य ‘कू’ को विरोध गर्ने जनतामाथि सेनाले गोली चलाउँदा कैयौँको मृत्यु,अमेरिकाले सुडानलाई दिएको सहायता रोक्यो

सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बताइएको छ।  सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा निस्किएको विभिन्न अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमहरुले जनाएका छन् । सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको […]