टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरीले पार्टीबाट राजीनामा दिने घोषणा गरेका थिए तर आज अचानक उनको राजीनामा रोकिएको छ । यद्यपि, उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आवद्ध छन् कि जनता समाजवादी पार्टीमा भन्ने स्पष्ट हुन सकेको छैन । तत्कालीन राजपा नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी पार्टी एकीकरणसँगै जसपामा सामेल भएका थिए ।जसपा विभाजनका क्रममा उनले कुनै पनि पक्षलाई रोजेका थिएनन् । त्यसैले पनि उनलाई जसपा नेपाल र लोसपा नेपाल दुवै दलले आफ्नो पार्टीमा रहेको दाबी गरिरहेका छन् । रेश