काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज चार वटा कम्पनीको सेयर वृद्धि भएको छ। सेयर बजारमा गिरावट आए पनि लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्यूटी फण्ड, वरुण हाइड्रो पावर र माउन्टेन हाइड्रो नेपालको सेयरमा वृद्धि भएको हो। यीमध्ये लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्यूटी फण्डको सेयर १० प्रतिशतले बढेको छ भने वरुण र माउन्टेन हाइड्रोको सेयर नौ प्रतिशतले वृद्धि भएको छ।