अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा ‘नरसंहार’ मच्चाएको आरोप लगाएका छन्। मंगलवार एक कार्यक्रममा उनले युक्रेनमा नागरिकहरुको हत्या गरेर रसियाले ‘नरसंहार’ गरेको बताएका हुन्।
यसअघि बाइडेनले रसियाका राष्ट्रपति भ्लादमीर पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएका थिए।
युक्रेनका कयौं शहरमा नागरिकहरुको हत्या भएको रिपोर्टहरु सार्वजनिक भएपछि अहिले पुटिनको आलोचना भइरहेको छ।…