काठमाडौं । तिहारको समयमा काठमाडौंको फुटपाथमा फूलमाला र फलफूलको व्यापार उत्साहजनक रूपमा भएको देखिएको छ । भाइटीकाको पूर्वसन्ध्यामा काठमाडौंका फुटपाथमा सयपत्री, मखमली फूलको माला र फलफूलको व्यापार मौलाएको छ ।
फुटपाथमा फूलको व्यापार गरेर तिहार खर्चको जोहो गर्दै आएकी रन्जु भट्टराई फूलबारीदेखि आफूहरूसम्म आइपुग्दा फूलको मूल्य निकै महँगो हुने गरेको बताउँछिन्...