शारदा नगरमा प्लास्टिकका फूलमाला बेच्न नपाइने

सल्यान : जिल्लाको शारदा नगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाएको छ। नगरपालिकाले  एक सूचना जारी गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिवन्ध लगाएको हो।तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न आग्रह गर्दै प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले जानकारी दिए। नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लाष्टिकजन्य फूलग