लामो दुरीका सवारी चालकलाई ट्राफिक प्रहरीको फूलमाला

चाडपर्वलाई लक्षित गरेर लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई काठमाडौंको बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले सोमबार चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना सहित बिदाई गरेका हुन् । चाडपर्वमा हुने सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरी, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीले चालकलाई सचेत भएर सवारी चलाउन आग्रह गरेका छन् । दुर्घटना न्युनिकरण र कालाबजारी नियन्त्रणमा सहयोग पुगोस् भनेर सुर