पोखरा – सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर आयतित सयपत्रीको फूलमाला बन्द गरायो। अघिल्लो वर्ष साउन १२ मा राजपत्रमा प्रकाशति सूचनाअनुसार प्लाष्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरण र उपभोगमा पनि प्रतिबन्ध छ। तर, तिहार नजिकिँदै जाँदा बजारमा छ्याछ्याप्ती प्लाष्टिकजन्य फूलमालामा देखिएको छ। सोमबार पोखरा महानगरपालिकाले बजार अनुगमन गरेर प्लाष्टिकजन्य माला जफत नै गरेको छ। […]