चालू आर्थिक वर्षमा करोडौं रुपैयाँ खर्च नभएर फ्रिज हुने अवस्थामा पुगेको छ । चालू आवको अन्तिम महिनामा पुँजीगत खर्च ५६.९४ प्रतिशतमात्र खर्च भएकाले विकासका लागि आएको रकम फर्कने निश्चित छ । यद्यपि, असारको महिनामा गरिने हतारको कामले केही बजेट खर्च भए पनि करोडौं रकम फ्रिज हुने अवस्था देखिएको हो ।