रासस। विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च नहुँदा डोटीमा डेढ अर्बभन्दा बढी रकम (बजेट) फ्रिज हुँदै भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८मा जिल्लामा रु एकअर्ब६९ करोड८१ लाख१३ हजार६३९ विकास बजेट फ्रिज भएको हो। जसअन्तर्गत सङ्घीय सरकारको बजेटबाट रु५४ करोड एक लाख२२ हजार४३ र प्रदेश सरकारको बजेटबाट एकअर्ब१५ करोड७९ लाख९१ हजार५९६ फ्रिज भएको छ।