आर्थिक वर्ष २०७८/७९ मा दाङमा तीन अर्ब २६ करोड दुई लाख ५१ हजार ७ सय २५ रुपैयाँ विकास बजेट फ्रिज भएको छ । जसमा संघीय बजेट तर्फ एक अर्ब ८६ करोड ११ लाख ७० हजार पाँच सय ७९ र प्रदेशतर्फ एक अर्ब ३९ करोड ९० लाख ८१ हजार एक सय ४६ रुपैयाँ बजेट फ्रिज भएको हो । समयमा विकास निर्माणका योजनाहरू सञ्चालन तथा निर्माण हुन नसक्दा योजनाका लागि विनियोजित गरेको करिब सवा तीन अर्ब रुपैयाँ रकम फ्रिज भएको हो । जसले दाङको भौतिक पूर्वाधार विकासलाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । दाङको विकासका लागि संघीय सर