काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएल नेपाल भक्तपुर जिल्ला समितिले हनुमन्ते करिडोर लगायत अन्य विकास योजनाप्रति प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ। समितिले लामो समयदेखि जिल्लामा विकासका बजेट पेश भएपनि काम हुन नसकेको भन्दै बिहीबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई भेटेर ज्ञापनपत्र बझाएको हो।वाइसिएलका केन्द्रीय सदस्य राजु कुटु,नरेश वाइवा, लक्ष्मण खड्कालगायत प्रदेश सदस्यहरूको समेतले उक्त पत्र बुझाएका हुन् । समितिका संयोजक नरेश रंजितले प्रम