बागलुङ : बागलुङमा हरेक वर्ष विकासका लागि करोडौँ बजेट आउँछ। जनतालाई सहज रूपमा सेवा प्रवाह तथा विकास निर्माणका लागि भनेर आउने बजेट आर्थिक वर्षको अन्त्यमा फ्रिज भएर जाने गरेको छ।यो पुरानै परम्परा हो। यो वर्ष पनि उक्त परम्परा दोहोरिएको छ। गत आर्थिक २०७८।०७९ मा ७५.२५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ। बाँकी बजेट फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका अनुसार गत आर्थिक वर्षमा ९० करोड १३ लाख ५४ हजार ७१७ विकास बजेट खर्च नभएको जनाएको छ। राज्यले विकास बजेटका लागि विनियोजन गरेक