काठमाडौं। प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किनेलाई २ वटा मोबाइल ल्याउन दिन पुनः निर्देशन दिएका छन्। प्रधानमन्त्रीले गएको शुक्रवार विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्न निर्देशन दिएका थिए। तर, अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन विमानस्थलमा अवरोध भएपछि प्रधानमन्त्रीले चासो देखाएका हुन्। साथै, उनले अर्थमन्त्रीलाई फोनमार्फत तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका छन्।