विदेशबाट आउँदा कतिवटा मोबाइल ल्याउन पाइन्छ ? भन्सार तिरेर ल्याउँदा यस्तो छ हिसाब किताब

वैदेशिक रोजगारी वा अध्ययनका क्रममा विदेश गएका नेपालीहरुले नेपाल आउँदा कति वटासम्म मोबाइल ल्याउन पाउँछन् ? विदेशबाट फर्कनेले ल्याएको मोबाइल, ट्याब वा ल्यापटपको कर तिर्नुपर्छ कि पर्दैन ?भन्सार विभागका अनुसार अहिले विदेशबाट नेपाल आउने नागरिकले एउटा मात्रै मोबाइल ल्याउन पाउँछन् । तर कसैले दुईवटा मोबाइल चलाएको रहेछ भने व्यवहारिक पाटो हेरेर दुईवटासम्म चलाइरहेको मोबाइल ल्याउन दिएको भन्सार विभागका एक वरिष्ठ अधिकृतले बताए । तर कसैले एउटा नयाँ र एउटा पुरानो मोबाइल ल्याएको रहेछ भने उनीहरुले भन्सार शुल